Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको कदमप्रति माधव नेपालको यस्तो प्रतिक्रिया

काठमाडौं । देशको पछिल्लो राजनीतिक घटनाक्रपछि पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता नेपालले भने, संसद विघटन गर्न उहाँले पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो ।

उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि उहाँ अल्पमतमा हुनुहुन्छ । पार्टीकै ९० जनाको हस्ताक्षरले प्रधानमन्त्री अल्पमतमा परेको स्पष्ट भएसकेको नेता नेपालले बताए । उनले भने, सिंगो संसदभित्रका प्रतिपक्षी पार्टीहरु पनि उहाँको विपक्षमा छन् । नेता नेपालले प्रधानमन्त्री ओलीको कमद राजनीतिक रुपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताए ।

राजनीतिकरुपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ, बरिष्ठ नेता नेपालले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्दतिको विरुद्धमा, कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।


सम्बन्धित समाचार