Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको वरपर घेर्यो कोरोनाले

काठमाडौ । केही दिनअघि निजी चिकित्सकलाई कोरोना संक्रमण भएकोमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना सदस्यमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहाकार सूर्य थापालाई कोभिड १९ को संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएको रिमाल र थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। उनीहरुले शुक्रवार स्वाब संकलन गराएका थिए। संक्रमण पुष्टि भएसँगै सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्। त्यस्तै प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्लेलाई पनि संक्रमण भएको छ। उनले शुक्रवार फेसबुक मार्फत् संक्रमण भएको जानकारी दिएका छन्।


सम्बन्धित समाचार