Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको सचिवालयमा रिमाल र भट्टराईमात्रै बाँकी

काठमाडौं । प्रधानमन्त्रीको कार्यशैली असफल हुनुमा उहाँको सचिवालयको कमजोरी देखिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट राजीनामा दिएका ११ मध्ये ६ जनाको राजीनामा स्वीकृत भएको छ । मंसिर १ गतेदेखि लागूहुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले निर्देशनपछि गत शनिबार प्रधानमन्त्रीको सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले सामूहिक राजीनामा दिएका थिए । राजीनामा बुझाउँदै उनीहरुले प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि सल्लाहकार र सचिवालयका पदाधिकारीले राजीनामा दिएको बताएका थिए ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल