Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले आज गरे काठमाडौं प्रहरीको नयाँ भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । सोमबार बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरे ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

कार्यक्रममा बोल्दै गृह सचिव एकनारायण अर्यालले भने,भूकम्पपछि प्रहरी वर्षौंसम्म गुणस्तरीय पूर्वाधारको अभावमा रहेर काम गरिरहनु परेको थियो, अब उप्रान्त नयाँ भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही बढी लाभान्वित हुनेछन् । यसले प्रहरीमा उत्प्रेरणा र मनोबल पनि बढाउने उनले बताए ।

लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने,जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।

तर, सोमबार मात्र औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन् ।


सम्बन्धित समाचार