Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको असन्तुष्टि भन्दै व्यक्त गरेक छन्। एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ । म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने, स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो संसदीय अभ्यासरु’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए । संसदीय अभ्यास र पद्धति कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए । संसदमा उभिएर यर्थाथ के होरु मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन, प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो, यी मेरा प्रश्न हुन् ।
लामो समय प्रधानमन्त्री हुन्न
प्रधानमन्त्री दाहालले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताए । म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ, उनले भने, मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दैछु ।
मैले त्यस्तो भाषा बोल्न हुँदैन थियो
प्रधानमन्त्री दाहालले आफूले पुस्तक विमोचन कार्यक्रममा गरेको सम्बोधनमा भन्न नपर्ने कुरा बोलिएको स्वीकार गरेका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएर बोल्न नहुने कुरा त्यो दिन बोलेको बताएका हुन्। मलाई त्यो कुरा भन्नुपर्ने थिएन। नभने हुन्थ्यो। जरुरी थिएन। तर मैले भनेँ। मनमा आयो भनेँ। के मैले राष्ट्रपति नै घात गर्ने कुरा हो त यो ? प्रधानमन्त्री प्रचण्डले भने, यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुवा भएर बोलेँ। उनले भारतीय व्यवसायी प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको बताए।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल