Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव काँग्रेसले आज टुंग्याउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत दिएका छन् । पार्टी सभपाति देउवा ओलीसँगै सत्तामा जान इच्छुक देखिए पनि पार्टीभित्रको दबाव खेप्न नसकेर उनी ओली विरुद्ध जाइलाग्न तयार हुनु परेको हो ।

बिहीबार दिउँसो बुढानिलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकमा उनले ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे छलफल गरेका छन्। संसदीय दलका नेतासमेत रहेका देउवाले ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजानेबारे छलफल गर्न शुक्रबार दिउँसो १ बजे संसदीय दलको बैठकसमेत बोलाएका छन्। संसदीय दलको बैठकमा आइतबार बस्ने प्रतितिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरी रणनीति तय गर्ने पक्षमा देउवा छन्।

प्रतिनिधि सभामा कांग्रेसको सिट संख्या ६३ छ। थौरै सिट भएका देउवाले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव राख्ने गृहकार्य किन अगाडि बढाइरहेका छन् ? कांग्रेसले राखेको अविश्वास प्रस्ताव पारित होला त ? भन्ने प्रश्नहरू पनि छन्। देउवा भने कांग्रेसले राखेको अविश्वास प्रस्ताव पारित हुनेमा ढुक्क छन्। प्रचण्ड–नेपाल समूहले गर्छु भनेको सहयोगले देउवामा विश्वास बढेको हो। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई निरन्तरता दिन नसकिने बताउने गरेका छन्। कांग्रेसले नेतृत्व लिनभन्दा पनि बरू अरूलाई सघाएर जाँदा भूमिका अझै धेरै बढ्ने तर्क उनको छ। सभापति देउवाले पार्टीले एकढिक्का भएर निर्णय गरेपछि आगामी कदम चाल्ने बताइरहेका छन्।