Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीशेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् । उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए ।

‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ, अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो छरितो विकासका कामहरु अघि बढाउनुछ, यहाँ केही कुरा आएका छन्, जनताको नाम सबैले लिन्छन्, जनता यो हो, जनता उ हो भन्छन्’, देउवाले भने, ‘जनताले भोटबाट देखाइहाल्छन् नि, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु कोही हुँदैन, एउटा कुरा सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक कोही हुन सक्दैन, कसैले अरु दुई किसिमको सपना नदेखे हुन्छ ।’

प्रधानमन्त्री देउवाले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताए । प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दैै शिक्षा आम नागरिकको मौलिक हक भएको बताए । उनले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताए ।


सम्बन्धित समाचार