Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

ठमाडौं । प्रभु बैंकको मुनाफा ४४ दशमलब ०८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले चैत मसान्तसम्ममा तीन अर्ब ८३ करोड रुपैयाँले खुद व्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो । एक वर्षको अवधिमा ६।६० प्रतिशतले यस्तो आम्दानी सुधार गरेको हो । खराब कर्जा सल्टाउदा बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको हो । बैंकको खराब कर्जा २ दशमलब ९५ प्रतिशतबाट सुधार भएर १ दशमलब ४८ प्रतिशतमा झरेको छ । त्यस्तै व्याज खर्च कम हुँदा बैंकको नाफामा केहि सपोर्ट देखिन्छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एक खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यहि अवधिमा बैंकले २७ प्रतिशतले निक्षेप सुधार गरेको छ भने कर्जा लगानी ३५ प्रतिशतले बढाएको छ । गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोष थप १८ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड रुपैयाँको भएको छ ।


सम्बन्धित समाचार