Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाईल बैंकिङ सेवा डिजी प्रभु चलाउँदा ग्राहकको मोबाईलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले विशेष सुविधायुक्त ‘डाटा छैन , नो प्रोब्लम’ योजना अन्तर्गत आफ्ना मोबाइल बैंकिङ ग्राहकहरुले मोबाईलबाट प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको विशेष सुविधायुक्त योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाईल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नेछन् ।
यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले मोबाइल बैंकिङका सबै सुविधाहरू जस्तै रकम ट्रान्सफर गर्न, विभिन्न किसिमका विल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टप–अप आदि प्रयोग गर्दा ग्राहकको मोबाईल डाटा खर्च हुनेछैन ।
चाडपर्व लक्षित् यो योजना अन्तर्गतको विशेष सुविधा हालको लागि भदौ १५ गतेदेखि शूरु भई आगामी मंसिर १५ गतेसम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल