Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रम ओलीलाई उद्घाटन नै प्यारो

काठमाण्डौ । पार्टी विभाजनबाट जोगिन कठिन छ । नेकपाका आडमा सत्ताको रजाँइ गरेका इश्वर पोख्रेल विष्णु रिमालहरु पार्टी फुटकै निम्ति प्रम एंव पार्टी अध्यक्ष केपि ओलीलाई उचाल्दै छन् । बालुवाटारको गिरोहमा यी दुईमात्र छैनन् । कानून बुझेर पनि प्रमओलीलाई कानूनी रुपमा पतन गराउन सफल कुपात्रहरु सुभाष नेवाङ्ग अग्नी खरेल पनि छन् । फागुन लागेपछि प्रमओलीले सेनाको हेलिकप्टर चढेर सबै प्रदेशका विकास आयोजनाहरुको अनुगमन पनि गरे ।

रक्षामन्त्री आफैले लिएको फाईदा प्रमले राम्रैसँग प्रयोग गरेका छन् । यो दौड र विकास प्रतिको चासो ३ वर्ष अगाडि देखि लिएको भए जनताका शत्रु डा. युवराज खतिवडा जस्ता अर्थमन्त्रीबाट सरकार बदनाम हुने थिएन । आफै दीर्घरोगी मृगौला पिडित प्रधानमन्त्रीको साहास र अडान चोटिलो छ । तर उनको सुनाम भन्दा बदनामीका निर्णयहरु उनकै मन्त्रीहरुले गरि रहेका छन् । त्यो कुराको हेक्का प्रमलाई भए राम्रो हुँदो हो ।

अहिले सरकारको काम देखिदै छ । प्रमकेपि ओली एक्लै कुदेर रमाएकाहरुको योजना अगाडि बढेकै छ । नेकपालाई कुत्तेलाई ध्यू नपचेको हो । प्रम एव अध्यक्षको नाताले ओली नम्र भएपनि हुन्थ्यो । तर उनको अंहकार दर्शाएर पार्टीको दर्शन सिद्दान्त धुलिचट बनाउदा उनकै लागि भोलीको बाटो अप्ठेरो हुनेछ । प्रचार त विकासका धेरै भए । तर कामको शुरुवात जहाँ थियो त्यही छ । नेकपाको विभाजनले जनताले नरुचाएको काग्रेसले ठाँउ पाएको छ । हिजो काग्रेसका लागि ५० वर्ष सत्ता आउट भनेका प्रमओली नै पद बचाउन काग्रेसकै आशमा रहेका छन् । नेपालमा कम्युनिष्ट पार्टी प्रति जनता आकर्षित भएको साम्राज्यवादी मुलुक अमेरिका खुशी छैन । छिमेकी भारतले ओलीलाई उचाल्यो अब सत्ताबाट च्यूत गराउने हो कि भन्ने शंका उब्जदै छ ।

प्रमओली एक सतामा ३ पटक झापा पुगे । पूलको शिलान्यास औद्योगिक क्षेत्र उद्घाटन जस्ता काम धेरै गरेका छन् । तर उनका अगाडि स्वार्थका लागि साखुल्ले हुने तर धन्दा लुट्न मै केन्द्रीत रहेकाहरुले बदनाम कति गर्ने हुन् गम्भीर हुनुपर्ने छ ।


सम्बन्धित समाचार