Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमको व्यस्तताले भेटघाट टाढियो

काठमाडौं । पार्टीको अन्तरिक विवाद मिलाउन अध्यक्ष र वरिष्ठ नेता बिचको छलफललाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक लम्बिँदा अबरोध खडा गरेको छ । राष्ट्रको मुल समस्यामा प्रधानमन्त्री ओली केन्द्रीत हुनु पर्दा नेता माधवकुमार नेपालसँग १ बजे गर्ने भनेको भेटघाट पर धकेलिएको छ । अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ । प्रधानमन्त्रीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईं खर्चिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आएका छन् । मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गरेका थिए ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल