Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
एउटा स्टाटसको भरमा गालीगलौज गरिएको र व्यक्तिगत विवरणहरू प्रकाशित गरिएको उनको गुनासो छ ।
राजेश पायलकी पत्नी साङबुङ राईको एउटा स्टाटस हिजो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् ।
पछि उनले सो स्टाटस हटाइन् । तर, यसको स्क्रिन सट सेयर गर्दै राजेश पायलमाथि विभिन्न प्रश्न उठाइएका थिए ।
राईले भनेका छन्, बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ अनेक–अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ आउनुस् म चुनौती दिन्छु, यदि प्रमाण ल्याउनुभयो भने तपाईँको पाउमा मेरो शिर राखिदिन्छु ।
‘हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला, नलगे पनि हिजो खन्याको तातोपानी त पक्कै पानी फोका उठ्यो होला, रातो दाग होला १ घाउ होला ,प्रमाण ल्याउनुस्, मेरो शिर तपाईँको हातमा राखिनँ भने म किराँती होइन । यदि मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता, यानेकि तपाईँको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु, मलाई झन् सराप्नुस् तर त्यति गर्दा चैँ तपाईँ को चुल्हो बल्नु पर्छ नि
राईले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको उनको दाबी छ ।
आउँदा दिनहरूमा ममाथि यस्तै कुनै षड्यन्त्र भयो भने आश्चर्य मान्नुपर्ने छैन । आशा छ, त्यो क्षणमा मलाई मेरा शुभचिन्तक, साथीभाइ र सञ्चारकर्मीले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ,राईले लेखेका छन् ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल