Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रवक्ता ज्ञानेन्द्रले प्रधानन्यायाधीश चोलेन्द्रले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने प्रचारमा कुनै सत्यता नभएको दावी गरे

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले ताजानेपाललाई भने । यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो । उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ । उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएको पनि बताए । बिहान शीर्ष नेताबीच छलफल भएको छ । सकभर चाँडै मन्त्रिमण्डललाई पूर्णता दिन उहाँहरु सहमत नै हुनुहुन्छ कार्कीको भनाइ छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठकमा उनको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।


सम्बन्धित समाचार