Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रवेश परीक्षाको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला गरेको छ । सर्वोच्चको आन्तरिम आदेशकै कारण त्रिवि चिकित्साशास्त्र अध्ययन अध्ययन संस्थान आईओएमले २१ भदौमा तोकेको परीक्षा स्थगित भएको थियो । तर न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएन । छात्रवृत्तिको विषय मुद्दाको अन्तिम टुंगो हुँदा निवारण हुने र शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नहुने इजलासको ठहर छ ।
राष्ट्रिय चिकित्सा ऐनअनुसार आयोगले परीक्षा सुरु नगरेसम्म प्रवेश परीक्षा रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।