Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रशासनका कर्मचारीले डाक्टर भकुरे

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरमाथि कुटपिट भएको छ। अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि सोही अस्पतालकै प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन्। कुटपिटबाट डा साहको टाउको तथा पेटमा चोट लागेको छ। नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा कमल थानीका अनुसार घटना आज विहान ९ बजे तिरको हो। अस्पतालको प्रशासन तर्फ चौथो तहका कर्मचारी शाहीले विहान ९ बजे आफ्ना छोराको टाँका काट्न भन्दै इमरजेन्सीमा पुगेका थिए। ड्युटीमा रहेका डा साहले तत्कालका लागि आफू बिरामी हेर्न व्यस्त रहेको भन्दै ११ बजेतिर काटिदिने बताएका थिए। त्यहि विषयमा विवाद बढ्दा घटना भएको हो। घटनापछि डा साहले आक्रमणकारीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।