Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप लगाउन गएकाहरूको भीडले पानीपोखरी स्थित नेपाल प्रहरीको अस्पताल कम्पाउन्ड भरिएको छ । स्वास्थ्य मन्त्रालयले तय गरेको दुई मिटरको दुरी कायम गर्नुपर्ने सरकारी मापदण्डको प्रहरीको अस्पतालमा धज्जी उडाइएको छ । तर, अस्पतालले मापदण्ड पालना गराउन सकेको छैन् । महामारी बढेपछि आज बिहान खोप लगाउन प्रहरी अस्पताल पुगेकाहरू ठेलाठेल गरेर खोप लगाइरहेका छन् । प्रहरी अस्पतालसँग १५ सय खोप छ । तर, लाइनमा बसेकाहरु कति छन् भन्ने यकिन गर्न सकिने अवस्था छैन् । खोप लगाउन आएका मानिसलाई बुझाउन नसकिएको बताउँछिन्, अस्पतालकी प्रमुख एआईजी डा आशा सिंह । दुई मिटरको दुरी कायम गर्नुस् भन्दा पनि टेर्दैनन् डा.आशाले भनिन् पब्लिक सेन्टिमेन्टको कुरा छ, प्रहरीकै अस्पतालमा लाठीचार्ज पनि कसरी गर्ने ?
मर्ने, बाँच्ने कुरा भएको भन्दै आफुसँग भएको १५ सय डोजले नपुगे फेरी मगाएर पनि खोप लगाउने अस्पतालको तयारी छ । खोप नपुगे फेरी ल्याउँछौँ’ डा. आशा भन्छिन् हिजो साढे १५ सय डोज लगाएका थियौं । सर्वसाधारणले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भएपनि मास्कसमेत नलगाई लाइन बसेको आफुले देखेको डा। सिंहले बताइन् । प्रहरी अस्पतालमा भीड लागेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको हो ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल