Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी जवानमाथि लाग्यो बलात्कारको बात

काठमाडौं । पुरानै चिनजान रहेकी युवतीको घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ रहेका छन् । गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र भण्डारीका अनुसार २१ वर्षीया ती युवतीले किटानी जाहेरी दिएपछि थिङलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ । जाहेरीपछि प्रहरी उनको स्वास्थ्य परीक्षण समेत गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ ।