Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी र राजस्व प्रति किन अविश्वास

काठमाण्डौ । सरकारी निकाय राजस्व अनुसन्धान विभागले गरेको छानविनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मा लगाएपछि को कति तानिने हुन् ठेगान छैन । प्रमुख प्रतिपक्षी दलले छानविन समिति राजनीतिक तहमा बनाउन सरकारलाई दवाव दिँदैछ । कुनै पनि घटनाको सत्य तथ्य गहिराईमा प्रहरीको अनुसन्धान जति गहन हुन्छ अन्य छानविन वजनदार बन्न सक्दैन् । अपराधी जोगाउन आफ्नालाई बचाउन राजनीतिक तहमा यस्ता छानविन समिति बन्छन् रिपोर्ट आउँछ थन्काईन्छ । लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रले भने पनि राजनीतिक दलको स्वार्थले देश ध्वस्त भएको छ । सरकारका कुनै पनि विकासे योजना समयमा सफल भएका छैनन् । दलीय हस्तक्षेतका कारण सार्वोच्च अदालत समेत बदनाम छ । अख्तियार संवैधानिक निकायका प्रतेक पाटा र भंगला आफ्नो कार्यक्षेत्रमा आफ्नै कानून अनुसार चल्न सकेका छैनन् । दलीय दवाव र हस्तक्षेपबाट संवैधानिक संरचना ध्वस्त भएका छन् । एमालेमा केपी ओलीको स्वार्थ काँग्रेसमा शेरबहादुर देउवाको स्वार्थ र माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको स्वार्थ नै लोकतन्त्रका नियुक्तिसँग जोडिएका छन् । अहिले विपक्षी दलका नेता केपी ओली आफ्ना विगतका गल्तीवाट तर्सेका कारण सुन काण्डको छानविन गरिरहेको राजस्व अनुसन्धान विभागबाट नेपाल प्रहरीको अपराध नियन्त्रण व्यूरो जस्ता संस्थालाई पंगु बनाउने एमालेको योजना रहेको छ ।

तीनै ओली हुन् अर्थमन्त्रालय अन्तर्गतको राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत लगेर माफीया र तस्करको सेवा गर्न सफल पात्र । सम्पत्ति शुद्धिकरण विभागलाई आफ्ना ग्रिपमा राख्दा केपीको पालामा कति काण्डको छानविन भयो जगजाहेर छ । केपी भाषण कला हो उनी उखान टुक्काले देश बनाउने चटकी थिए । जिम्मेवार तहको पार्टी २ पटक प्रम भएको नेताका बोली र व्यवहारले जनता तड्पिए एमाले कार्यकर्ताले ओली शैलीको गुलामी गर्न रुचाएनन् । सरकारले प्रहरीको अनुसन्धान ब्यूरोलाई सुन प्रकरणको छानविन गर्न दिएपछि राजनीतिक तरंग पैदा भएको छ । एआईजी किरण बज्राचार्यले प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि सो कामको जिम्मा लिन तयार रहेको बताएकी थिइन् । एयरपोर्टवाट सुन तस्करी भएको छ । ४१ महिनासम्म एयरपोर्ट सुधारमा के गरे ? एयरपोर्टभित्र भन्सार विभाग र अध्यागमन सर्वेसर्वा हुन् । त्यहाँको सुरक्षा सेना, शसस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान पनि छन् । तर बिदेशबाट भित्रिने सामानको रेखदेख गर्ने निगरानी गर्ने दायित्व सुरक्षा समूहलाई दिएकै छैन भने गृहमन्त्रीलाई राजीनामा गराउने एमालेको बूकूर्सीको यहाँ अर्थ कति छ ? न्यायपरिषद पंगु बनाउने नेकपा एमाले नै हो । एमाले अग्रसर भएर सुधारेको ठाउँ कहाँ छ ? कम्युनिष्टको बदनाम गरेर तस्कर माफीयाको सेवक गर्ने पार्टी भनेकै एमाले भयो । एयरपोर्टमा केपीका पालामा कुनै तस्करी भएन ? गैंडाको खाग वाँसको जरा बन्ने सुन रातारात पित्तल बनेको कारण केपीले खुलाएका छैनन् । आफू अपराध गर्ने आफ्नो अपराधको सजाए नारायणकाजीको राजीनामा माग्ने ?

चर्को बोल्ने नै धूर्त
अहिले सरकारलाई सुन तस्कर गरेको आरोप लगाउन पार्टी कार्यालय र सार्वजनिक मंच प्रयोग गरेका एमाले नेताहरूले आफू ४१ महिन शासक बन्दा कति सुन पक्रिए कति दोषी पक्राउ गरे भन्ने ख्याल राख्नु जरुरी छ । सरकारी छानविनमा एमालेको अविस्वास हो भने केपी ओलीको सनकमा गृहवाट गुप्तचर, अर्थबाट सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धानलाई प्रमको नियन्त्रणमा किन लगियो ? सरकारले जे गरेको छ त्यो सार्वजनिक भएको छ । एमाले जस्तो आफ्नो स्वार्थसँग जोडिएका स्क्याण्डल मात्र चर्काउने अरुलाई थर्काउने काम बर्तमान गठबन्धनले गर्दैन् ।
वर्तमान सरकारको विरोध गरेर विपक्षी दलको धर्म पूरा हुन्छ ? भ्रष्टाचारको छानविन गर्दा थर्कमान हुनपर्ने अवस्था एमालेलाई किन आउँछ ? आँफू शुद्ध स्वच्छ छ भने छानविनवाट डराउनु किन पर्छ । अरु देशका विपक्षी जनता राष्ट्रका लागि एक हुन्छन जनसेवामा लाग्छन् । हाम्रो देशको विपक्षी भने सरकारले राम्रो गर्दा बिरोध गर्छ । संसद चल्न दिदैन विधेयक पारित गर्दैन कानून बनाउँदैन समस्या जस्ताको तस्तै रहन्छन भने लोकतन्त्र गणतन्त्र राज्य संसदीय कालकै भ्रष्टहरूको चेपमा छ । राजा फालेर छोटे राजा भएकाहरूको ताल भ्रष्टाचारको छानविन होला आँफू नाँगो भएको जनताले देख्छन भन्दै थर्केको छ ।

राजनीति पेन्सन कसले ल्यायो ? 
राजनीति गरेर पेन्सन खाने व्यवस्था चलाउने को हो ? दरवार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्ड दवाउने को हो ? जसलाई राष्ट्र र जनता भन्दा आँफू र आफ्नो गुटकै हितमा काम गर्ने आँट आयो त्यसका कुरा चर्का छन् । अदालत थिएन भने नेपालका काँग्रेस र कम्युनिष्टका नेताहरूले राजनीति गरेर पेन्सन लिन्थे । नेताले शासक बन्दाको समयमा जनतालाई छुने कुन योजना ल्याए राज्यश्रोत खर्च गर्ने बाहेक ? सामाजिक सुरक्षा भत्ताको राजनीतिक व्याज खाएको एमालेले काँग्रेसले भन्दा बढी राज्यश्रोत आफ्ना नेताका नाममा खोलेका प्रतिष्ठान मार्फत लिएको छ । नेताका नाममा ट्रष्ट बनायो सार्वजनिक जमिन कव्जा गर्यो राज्यश्रोतबाट हरेक वर्ष बजेट थुपार्यो खायो ? जनताले अस्पतालमा उपचार पाउँदैनन डाक्टर भेटिदैन, शिक्षा गरिव र धनीको वीचमा फरक छ विहान किनेको सामानको बेलुका मूल्य फरक हुन्छ । अहिलेसम्म नेताले जनतालाई छुने कुन निर्णय गरे ? राजनीतिलाई कमाईको थलो बनाईएको छ । तस्करी, अपहरण, कव्जा नेताकै आडमा भएका छन् । राज्य चलाउनेहरू गैर जिम्मेवार भएको प्रमाण सुन तस्कर जोगाउने नेताको नेतृत्वमा छानविन समिति बनाउ भन्ने हो । सार्वजनिक लेखा समितिलाई फाईल माफीयाहरूले पंगु बनाएकै हुन् । ती माफीया एमालेकै काँधमा चढेर राज्य सत्ताको ढलिमलि गरेका पनि थिए । एमाले अध्यक्ष ओलीको कमाण्ड भ्यू टावर र सुनको जलरीमा देखियो ।


सम्बन्धित समाचार