Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीप्रति कसको सहानुभूति ?

काठमाडौं । राष्ट्र सेवकहरूको जागीरमा प्रवेश र अवकाशको हदका बारेमा राज्य स्पष्ट नहुँदा बेला बखत विवाद बढ्ने गरेको छ । अहिले पेन्सन खाने कर्मचारी ६८ हजार १०८, नेपाली सेना ७६ हजार ४१४, प्रहरी ६१ हजार ४६७, गुप्तचर ३६६ रहेका छन् । देशका २ लाख ११ हजार ६६७ ले मासिक २ अर्ब ५० करोड पेन्सन लिन्छन् । राज्यका लागि यो ठूलो खर्च होइन । तर सरकारले शिक्षकलाई ६० विश्वविद्यालय प्राध्यापक ६३ न्यायिक सेवाका जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको ६३, संवैधानिक क्षेत्र आयोगहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूको ६५ वर्ष सेवा अवधि तोकेको छ । अवकाश प्राप्तहरूले वर्षमा ३२ अर्ब लगेका छन् ।

राष्ट्रिय जनगणना २०६८ ले औषध आयु ६५ र ६७ तोकेको छ । राष्ट्र सेवकहरूको सेवा र अवकाशलाई त्यहाँ जोडिन्छ । प्रहरी सेवामा उमेरहद ५८ सेवाहद ३० वर्ष तोकेको छ । सरकारमा पुगेकाहरूको लहडले निजामती सेवालाई प्रभावमा पारेको छ । राष्ट्र सेवकहरूको सेवाहद समानता राखिएको छैन । अहिले पुरुष ३५ वर्ष महिला ४० वर्षसम्म जागिरमा प्रवेश गर्ने गर्छन् । २० वर्ष नोकरी पुगेपछि पेन्सन निस्कने सरकारको नियम छ । राज्यको स्थायी सरकारलाई राजनीतिक हस्तक्षेप गरेर तहसनहस पार्ने गरिएको छ । राम्रा काम छिमेकी देश भारत, भूटान, पाकिस्तान माल्दिप्स, श्रीलंका, अफगानिस्तान जस्ता देशले जसरी राष्ट्र सेवकको समय निर्धारण गरे नेपालले हरेक सत्ताकालमा यस्तो समस्या भोगेको छ ।

निजामती कर्मचारीको अवकाश समय सम्बन्धी अध्ययन गर्न २०७१ सालमा सुझाव समितिले ५८ र ६० लाई सुझाव दिइयो । लोकसेवाले समेत उमेरहद बढाउन सल्लाह दिएकै हो । जीवनको ऊजाशिल समयको सदुपयोग कार्यक्षमता र दक्षताको ख्याल गर्ने हो भने सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ । सरकारले विभेदकारी नीति देखाउँदा कर्मचारी सुरक्षा फौजहरूमा निराशा बढाउँछ । निजामती सेवा ऐन, २०१३ नियमावली २०२१ ले अनिवार्य अवकाश ६० वर्ष कायम ग¥यो । अहिले तन्त्र जे आए पनि ऐन कानुनको आधार त्यही २०१३ हो । अहिले सुरक्षा अंगमा यो विषय निकै चर्चामा छ । जागिर अवधि ३० उमेर हद ५८ ले ल्याएको यो हकमा चिर्न उमेरहद ६० पु¥याउन चाहनु मानव स्वाभाव हो । ६० वर्षसम्म मान्छे सक्रिय हुन्छ भएका छन् भने निजामती शिक्षक, जंगी अड्डा सुरक्षा फौज, न्यायााधीश, प्रोफेसरको उमेरहद समान राख्दा देशलाई घाटा छैन फाइदा छ ।

प्रहरी यस्तो विषयमा अन्यायमा परेको छ । प्रहरीको बारेमा बोल्ने प्रस्ताव गर्ने गृहमन्त्री र सचिवले हो । तर गृहमन्त्रीका भाई, छोरा, सल्लाहकारहरू पदको दुरुपयोग गरेर गृहमन्त्रीको बदनाम गरेका छन् । नरेश थापा, प्रतिक थापा, सूर्य सुवेदी पथिक यसमा नमूना हुन् । निजमती प्रहरी, सेना, सशस्त्र मात्र होइनन् कानुनको क्षेत्र, शिक्षक, प्राध्यापकसम्मको सेवा राष्ट्को लागि हो । राष्ट्र सेवकहरूनै एकै मोर्चामा समान ऐन कानुनबाट परिचालन अहिलेको अवस्थामा समेत हुँदैनन् भने कहिले हुन्छ ? स्थायी सरकार भनेको यही समूह हो । जसले राजनीतिक परिवर्तन अन्सार सरकारको नीति अनुरुप चल्नुपर्छ । सरकारको योजनाहरू कार्यान्वयन गर्न सघाउँछ । स्थायी सरकारमा कुनै वाद छ भने स्वच्छतावाद र समान सेवा हो । तर नेपालमा काँग्रेस आए काँग्रेसकै स्वार्थका नीति र कम्युनिष्ट सत्तामा आए कम्युनिष्टहरूकै स्वार्थका नीति र नियम किन देखाइन्छ ?

दुई तिहाईको सरकारले दीर्घकालीनसम्मका पोलिसी निर्धारण गर्न सक्नु पर्छ । राज्यसत्ता सधैं नेकपाको हातमा आउँछ भन्ने छैन । सरकारले राम्रो काम गरेकै छैन भने त्यो सरकारलाई जनताले साथ दिनुपर्छ भन्ने छैन । कार्यकर्ता टाढिइसके, नेता असक्षम भइसके । यिनले स्थायी सरकारको बारेमा चिन्ता नलिनु स्वाभाविक छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल