Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरीमा राजनीतिक शक्ति संघर्ष चरम रुपमा चर्कन्छ । यही संघर्षको बीचबाट पहुँच भएकाहरुले रोजेको ठाउँमा पुग्नु सामान्य ठानिन्छ । नेपाल प्रहरीको नेतृत्वमात्र होइन एआईजी, डिआईजी र एसएसपीसमेत गरी आगामी माघ २८ गते २७ जनाको हुल बिदावारी हुँदैछ । यही समयमा आईजीपी पद प्राप्त गर्न राजनीतिक दौडधूप चर्किरहेको छ । यही बेला गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)को सरूवा गरेको छ । गृह मन्त्रालयले बुधवार गरेको सरूवाअनुसार नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारीमा आएका छन् भने उनको स्थानमा महानगर आयुक्त कार्यालयका डिआईजी शैलेश थापालाई लगिएको छ । यो सँगै अब नेपाल प्रहरीले एसपीबाट एसएसपी हुनेहरु र डिएसपीबाट एसपी हुनेहरुको छनोट गर्न शुरु गरेको छ । यहाँ पनि राजनीतिक दबाव र भागवण्डामा बढुवा भयो भने अनौठो मानिने छैन । तर एसएसपीसम्मको बढुवामा भनसुन लागे पनि भागवण्डा भने लगाउने गरिएको छैन । मोफसलमा रहेका बढुवा चाहेका प्रहरी हाकिमहरु अहिले प्रधान कार्यालय र राजनीतिक शक्ति केन्द्रमा धाउन थालेका छन् । पोखरेल भने यसअघि काठमाडौं प्रहरी प्रमुखसमेत भइसकेका थिए । उनलाई त्यो बेला गृहमन्त्री रामबहादुर थापाको दबावमा सरुवा गरिएको थियो । काठमाडौंमा रहँदा विवादरहित ढंगले आफ्नो कार्यकुशलता प्रदर्शन गरेका पोखरेलले महानगरीय आयुक्तको कार्यालय पाउनु अस्वाभाविक थिएन ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल