Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२८ माघ, काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । उनीहरु दुवैजना अमृत साइन्स क्याम्पस अस्कलमा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम क्यूआरटी को टोलीमाथि आक्रमण गरेको थियो ।
आक्रमणबाट दुई प्रहरी घाइते भएका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल