Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्नै जागिरको अवधि ४ वर्षबाट घटाएर ३ वर्ष तर उमेरहद ५८बाट ६० पु¥याउनु पर्ने प्रस्ताव गरेका सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई गृहले गठन गरेको कार्यदलको निचोड पछ्याउनु पर्ने अवस्था छैन । संगठनको संरचना चुस्त बनाउने सम्बन्धमा नेपाल प्रहरी अलमलमा होला तर अर्धसैनिक बल अलमालमा छैन । जागिरको अवधि ३० वर्ष तोकिँदा उमेरहद ५८ वा सेवा ३० वर्ष जुन पहिला हो त्यसकै कार्यान्वयन गर्न फौजी समूह बाध्य थियो । डिआईजी, एआईजी र आईजीपीको कार्यअवधि ४ वर्ष रहेको सशस्त्रमा एआईजी र डिआईजीको हकमा १ वर्ष अवधि थप गर्ने छिद्र टेकेर राजनीतिक पहुँच भएकाले जागिरको अवधि बढाउने गर्थे । सशस्त्र र नेपाल प्रहरीमा एकै प्रकारको प्रावधान छ । दुवै संगठनले सरकारलाई आफ्नो संरचना सुधारका प्रस्तावना गृहलाई बुझाएका छन् । नेपाल प्रहरीले आईजीपीको ६०, एआईजी र डिआईजीको ५९, एसएसपीको ५८, एसपी र डिएसपीको ५७, निरीक्षकको ५६ र अन्यको ५५ उमेरहद राख्न प्रस्ताव गर्दा संघीय प्रहरी ऐनको समेत परिमार्जन गर्नु पर्ने अवस्था छ । सरकारले बजेट घोषणा गरेको तीन दिनको दिन गठन भएको प्रहरीको कार्यदल कार्यान्वयनमा दौडिएको छ भने सातै प्रदेका युवा स्वरोजगार अभियान अन्तर्गत स्वरोजगार मेला आयोजना भएका छन् । योग्यता, क्षमता, कार्यक्षमता भन्दा भनसुन र सोर्स फोर्समा चल्ने प्रहरीलाई अहिले गृहमन्त्रीले आक्रमण गरिरहेका छन् । फौजी संरचनामा राजनीतिक दबदबा चर्काएर अपराधी जोगाउने र भगाउने हिम्मत अहिले पनि देखियो । गृहमन्त्री आफैं नेल र हतकडि लगाउनु पर्ने गरी आर्थिक अपराध गरेकोले सरकारले बनाएको कार्यदललाई विश्वास गर्ने आधार छैन । किनकि कार्यदल घोषणा हुनासाथ कर्णाली प्रदेशका डिआईजी लालमणि आचार्यलाई आपमानित भएका छन् । आफैं बदमासले आफ्ना अपराध जसले अनुसन्धान गरेको थियो त्यसैमाथि प्रहार गर्दा उसैको चरित्र उदांंगो भएको छ । प्रहरीमा सामान्यतया एक वर्षसम्म सरुवा नगर्ने नियम छ । तर दलको घुसखोरी चम्काउन यही संगठन प्रयोग गरिन्छ । मानका खातिर मान भन्ने कुरा प्रहरीभित्र छैन । नारायणकाजीले पुसमा सरुवा गरेपछि गृहमन्त्री रवि लामिछाने मच्चिन पर्ने थिएन । किनकि लामिछानेलाई सघाउनेसिआईबीमा श्याम ज्ञवाली छँदैथिए । महेश बस्नेतदेखि गोकर्ण विष्ट, प्रदीप ज्ञवालीसम्म्को फोर्स भएका एआईजीको दौडधूपले अर्घाखाँची घर रविको पार्टीका ०८४ मा उम्मेदवार आईजीपी बसन्त कुँवरलाई टाँगाले पनि छुँदैन । जस्ताले जस्तै अँगाल्छ भन्ने कुरा एयरपोर्टमा बदनाम डिआईजी अर्जुन चन्दलाई लालमणिको ठाउँमा पठाउनु हो । आफ्नो अपराधको खोजी गर्ने सिआईबीलाई पंगु बनाउने काम सुन काण्डको छानविन गर्न खटेका पूर्व एआईजी सहकुल थापा हुन् । जहाँ उनलाई सघाएका डिएसपी रुगम कुँवरमाथि जीवन चलाउनेसँग जोडेर अन्याय गरियो । प्रहरीका प्रत्येक हाकिमको चलाउनेसँग सम्बन्ध थियो । चलाउनेको धन्दामा सघाउनेहरले नेपाल प्रहरीमाथि रविको दमनलाई उक्साएका छन् । नेपाल प्रहरीमा जस्तो छारष्ट सशस्त्रमा छैन । बरु त्यहाँ प्रशासनमा संस्थागत सुधार नचाहने माथि अंकुश लगाउने चन्द्रप्रकाश गौतम जस्ता नालायक प्रमुख छन् । नेतृत्व लिएर जहाँ गयो त्यहाँ बदमासी गर्ने गौतम झापाली, उनी मौका पर्दा एमाले अध्यक्षको नाम बेच्न पनि सफल हुन्छन् । तर त्यो चतु¥याईले सशस्त्रभित्र काम गर्दैन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल