Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आखिर ठूला माछा अख्तियारले पनि छाड्छ प्रहरीले अनुसन्धानमा तान्ने त सम्भव नै छैन । शरणार्थी प्रकरण्का पिडित राजेश अर्याललाई फसाउने ठग रामकुमार रेग्मी सन्देश शर्माका दोस्ती थिए । यीनैले राजेशको खातामा पैसा पठाउन र झिक्ने गरे । प्रहरीलाई यो झन्झट व्यर्होनै परेन । विन्धवासीनी इन्टर नेशनल नामको संस्था ठगहरूको सम्पर्क स्थल बन्यो । त्यो मात्र होइन ९ सय ४७ जनासँग रु ७ अर्व उठाउने टोलीका विरुद्ध प्रहरीले १८ करोडको ठगी मुद्धा तयार गर्यो । मन्जु खाँड, राजेश वज्राचार्य, राजेश्वर स्थापित, दिपेश पूनहरू जोगाउनकै लागि केपी ओली, प्रचण्ड र देउवाको आरती उतार्ने काम भयो ।
आफैं २ करोड ४० लाख ठगिएको बताउने गोविन्द चौधरी कुनै जाहेरी नपरे पनि पक्राउ परे । प्रहरीले यस्तै गर्छ । निर्मला पन्त बलत्कार र हत्याका नाइके राजनीतिक संरक्षणमा हिँडेकै थिए । प्रहरीले प्रमाण मेट्न गुप्ताङ्गमा पानी छ्यापेर प्रमाण नष्ट गर्नुको कारण तत्कालिन सत्तासँग यो घटना जोडिनु थियो । थापा पूत्र प्रतिक नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष जोडिएका थिए । प्रहरीले त्यो काण्ड निष्कर्षमा पु¥याउन नसक्नुको कारण नै केपी ओली र बादल हुन् । इन्द्रजीत राई केपीका विस्वास पात्र भएकाले थापाको काममा सघाउन खटाइयो । चोर, तस्कर, ठग छुटाउन र पैसा हजम गर्ने नै थियो । घरको रङ लगाएर छाक टार्ने रामशरण केसी दाङका हुन् । उनलाई भुटानी नेता टेकनाथ रिजालले फसाएका हुन । रिजाल अमेरिका पठाउने गल्ला बन्दा रामशरणले आफ्नासँग पैसा उठाएर ३ करोड ४० लाख केशव दुलाल, सानु भण्डारी, इन्द्रजीत राई र प्रतिक थापासम्म पुर्याउने काम गरेका हुन् । रामशरण आफै ठगिए । तर प्रहरी उनैलाई दोषी देख्छ । प्रहरी प्रतिको अविस्वास बढ्नुको कारण यही हो । राजनीति नेतृत्वले यस्ता कुरामा गम्भीर भएकै छैन् । निर्दोष नपरुन दोषी नउम्कीउन भनेको के हो ? जो व्यक्ति प्रहरी, अख्तियार धायो त्यसले अभियोग सहेको छ । प्रहरीले उजुरी धान्न सक्दैन कि भन्ने थियो । तर उजुरी गर्न जाँदा त्यही पिडित पक्राउ पर्ने डर भयो । प्रहरीको व्यवहार त्यस्तै देखियो । यो काण्डमा ७ अर्व भन्दा ठूलो रकम चलखेल छ । आईजीपी वशन्त कुँवरलाई नै शुरुमा मुद्दा ढिसमिस बनाउन लगाउन बालकृष्ण खाँडले १ करोड ४० लाख मध्येको करोड त फिर्ता गरे । आङ्टावा शेर्पा उनको पक्ष लिएर प्रहरी हिरासतमा पुगेर सन्देश शर्माका दाजु मार्फत ३० लाख दिलाएको खुल्यो । जो पिडित छ ऊ प्रहरीसम्म जान चाहेका छैनन् किनकी मन्जु, आरजु, राधिकाजस्ता संधर्षशिल मूर्धन्य पात्रहरू जोगाउन शेरबहादुर र केपी ओलीलाई परेको छ । प्रधानमन्त्री प्रचण्डलाई पद जोगाउनु छ । भन्न सकिँदैन काँग्रेसको देउवा समूह र ओली मिल्दा सरकार कुनै बेला ढल्नेछ । राजनीतिका यी होनहार योद्धाका लागि देश जनताभन्दा पैसा पचाउनु लोकतन्त्र बन्दैछ । माओवादी नेतृत्वले जनताको बीचमा हिजो गुमाएको विस्ववस फर्काउछ भन्ने आश कार्यकर्तामा छ । प्रधानमन्त्री प्रचण्डका व्यवहार र निकट पात्रहरूको चरित्रले जनताको भरोसा टुटेको छ । तर अहिले गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आफू विरुद्ध जस्तो सुकै आरोप बर्से पनि नक्कली भुटानी शरणार्थी काण्ड वीचमा छाडने पक्षमा छैनन् । पर्यटन मन्त्री सुदन किराँती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार मन्त्री रेखा शर्माको कामले जनताको अशंका हटाएको छ । ऊर्जामन्त्री शक्ति बस्नेतको विगत भ्रष्ट भएकोले जनताले उनको अपेक्षा गर्दैन् । बनमन्त्री बन्दाको उनको तिकड्म यो प्रतिनिधि राम्रैसँग बुझ्छ ?
बिग्रेको सम्वन्ध सुधार्ने, जनताको अपेक्षा पूरा गर्ने मौका यही हो । तर प्रधानमन्त्रीको पद जोगाउन सरकारले मन्जु खाँड, अजय क्रान्ति शाक्य, राजेश बज्राचार्य, रामबहादुर थापा, वेचन झाजस्ता आरोपीतलाई जोगाउने काम हुँदैछ । नेपाल प्रहरी साँच्चै प्रहरी थियो भने उजुरी गर्र्ने पिडित राजेश अर्याल गोविन्द चौधरी रामशरण केसीलाई मुद्दामा फसाउने थिएन । यी बाहिर थिए भने तीनकै सम्पर्कले ठूलो जमात प्रहरीसम्म पुग्थ्यो । तर प्रहरीले पिडितलाई दच्काएर ओली र देउवाको इच्छा पूरा गरेको छ । श्याम ज्ञवाली डा. मनोज केसी, दानबहादुर कार्कीको ठाउँमा अर्को कोही थिए भने यो प्रकरणले यति चर्चा पाउने थिएन् । किनकी आईजीपी वशन्त कुँवर आफ्ना कुल देवता बालकुष्ण खाँड टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीलाई छुट दिन चाहान्थे । उनले सचिवको मर्यादामै आरोपीत पाण्डेसँग डा. आरजुको संवाद गराएकै हुन् । १५ आरोपी फरार छन् । ओलीका भित्रिया १५ भन्दा फरक हुन् । गृहमन्त्री समक्ष केपीका सन्तान लाज पचाउन गएका हुन् । पशुपतिको नाममा ११ केजी सुनै पचाउन सक्नेले ३ वर्ष ५ महिनासम्म के कति पौरखी काम देशमा गरायो त्यही बेलाको मन्त्री परिषदको निर्णय र गोरखापत्रका पाना पल्टाए थाहा हुन्छ । रिति न थितिको सरकारले भ्रष्टाचारको जह्रो उखेल्ने भन्दा विस्वासको मत फिर्ता लिन ती जाजुल्यमान नक्षेत्र रवि लामिछाने संसदमै छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल