Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
निषेधाज्ञाका कारण ३ सय भन्दा बढी प्राविधिकहरुको अवस्था निकै नै कमजोर रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि नायिका स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छिन् । उनले, सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै सहयोग अभियान सुरु गरेको जानकारी दिदै सबैलाई सहयोगका लागि आग्रह गरेकी छिन् । स्वस्तिमाले भिडियोमा भनेकी छिन्–‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु ।’ स्वस्तिमाले सबै प्राविधिकहरुमा यस्तो समस्या नभएपनि स्पट ब्वाइहरु ब्ढी समस्यामा रहेको जानकारी आफूले पाएको बताएकी छिन् । उनले, आफू प्राविधिकहरुसँग नजिक रहेको भन्दै यस्तो बेलामा सबैले सानो सहयोग गर्दा पनि ठूलो हुने उल्लेख गरेकी छिन् ।
निषेधाज्ञाको समयसम्म सजिलो मात्र बनाउन सकेको खण्डमा पनि प्राविधिकहरुलाई ठूलो राहत हुने स्वस्तिमाको भनाई छ । उनले, प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने बताएकी छिन् । निषेधाज्ञाका कारण प्राविधिकहरु समस्यामा पर्न थालेपछि चलचित्र क्षेत्रका केही कलाकार अगाडि सरिरहेका छन् । अब, स्वस्तिमाले भने सहयोगको अभियान नै सुरु गरेकी छिन् ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल