Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रियंकाको कमजोर कमब्याक

केही बर्ष हलिउड चलचित्र खेल्नमा नै खर्चिएकी बलिउड नायिका प्रियंका चोपडा अहिले पुन बलिउडमा फर्किएकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘दि स्काई इज पिंक’ शुक्रबारदेखि हलमा लागिरहेको छ । तर, चलचित्रको व्यापार अपेक्षित छैन । फरहान अख्तर, प्रियंका चोपडा अभिनित यो चलचित्रले २ दिनमा करिब साढे ६ करोडको कमाई गरेको छ । शुक्रबार २।५० करोडको ओपनिङ गरेको चलचित्रले शनिबार ४ करोडको व्यापार गरेको छ ।
प्रियंकाको पछिल्लो चलचित्र ‘गंगाजल’ सन् २०१६ मा रिलिज भएको थियो । यो चलचित्र बक्स अफिसमा असफल भएको थियो । तर, करिब ३ बर्षपछि बलिउड चलचित्रमा फर्कदा पनि दर्शकले प्रियंकालाई पर्दामा हेर्ने मन गरेका छैनन् ।
चलचित्रले समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । वर्ड अफ माउथका कारण चलचित्रको व्यापार बढ्ने अपेक्षा गरिएको छ । बक्स अफिसमा चलचित्र ‘वार’ दोश्रो हप्तामा पनि चम्किएको छ । दोश्रो हप्ताको शुक्रबार ७ करोड कमाई गर्दै ‘वार’ले १० दिनमा २४५ करोडको कमाई गरेको छ । चलचित्रले ३ सय करोडको आँकडा छुने अपेक्षा बलिउड पण्डितहरुको छ ।


सम्बन्धित समाचार