Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक नेप्से अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ भनेर सुवालले प्रश्न गरेका छन् । यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ सुवालले सभामुख मार्फत सरकारसँग माग गरेका छन् । अर्थमन्त्रीले पहिले १०० जनाले पूर्ण सेयर बजार चलाएको भनेर हौवा फैलाएको र पछि मौद्रिक नीति मार्फत ३७ लाख प्रत्यक्ष लगानीकर्ता रहेको सेयर बजारमाथि प्रहार गरेको आरोप लगाए । यसको जवाफमा अर्थमन्त्री शर्माले आफूले फोन गरेर सेयर नबढेको बताए । यसबारेमा कतै समाचार आएको छ भने त्यसमा सत्यता नरहेको उनको दावी छ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल