Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौैं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल माघ १५ गते २० वर्ष पूरा जरी २१ओैँ वर्षमा प्रवेश गरेको छ। माओवादी जनयुद्धका क्रममा २०६१ माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आरोहअवरोह तथा संगठनबीच एकता, विभाजनका प्रक्रियापछि अहिले प्रेस सेन्टर नेपालका रूपमा क्रियाशील छ। आफ्नो स्थापना दिवस प्रेस सेन्टरले आज देशभर कार्यक्रम गरी मनाउँदै छ। मंगलबार बिहान राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। प्रेस सेन्टरको केन्द्रीय कार्यालय बबरमहलबाट सुरु भएको माइतीघर पुगेर फेरि बबरमहलमै पुगेर समापन गरिएको थियो। कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, महासचिव सन्तोष पौडेल, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गोविन्द देवकोटा, पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य, महासचिव ओम शर्मा लगायतको उपस्थिति थियो। स्थापना दिवसका अवसरमा विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइलगायतका कार्यक्रम आयोजना गरिएको महासचिव सन्तोष पौडेलले जानकारी दिए। उनले स्थापना दिवसकै सन्दर्भमा आजै केन्द्रीय समिति बैठक पनि राखिएको बताए। केन्द्रीय समिति बैठकले संगठनको पाँचौँ राष्ट्रिय महाधिवेशनबारे ठोस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल