Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फकाउन पुगेका नेपाललाई रावलले भने, एकताको विकल्प छैन

काठमाडौं। एमालेभित्रको विवादलाई पन्छाएर काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हतार गरेको भन्दै रन्किएका एमाले विद्रोही नेता भीम रावललाई फकाउन पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालाई रावलले एकतामा जानुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीचको भेटवार्ता सकिएको छ । रावललाई भेट्न नेता नेपाल टोखास्थित उनकै निवासमा पुगेका थिए । दुई नेताबीच पछिल्लो राजनीतिक घटनाका बारे गम्भीर समिक्षा भएको बुझिएको छ । नेता नेपालले मिलेर अगाडि बढ्न आग्रह गरेको र रावलले एमाले एकतामा नै जोड दिएको बुझिएको छ । रावलले सांसद पदबाट दिएको राजीनामाका सन्दर्भमा पनि नेपालले चासो राखेका थिए । उनले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेको बुझिएको छ । रावल आज आफू पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि माधव नेपाल निवासमै भेट्न पुगेका हुन् ।


सम्बन्धित समाचार