Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी फन्दामा

बाँके । जिल्ला अदालत बर्दियाको २०६८ पुस २१ गतेको फैसला बमोजिम डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकीएका फरार प्रतिवादी बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जमुना भन्सारबाट फेला पारी उनलाई पक्राउ गरेको हो । मोटरसाइकलमा राखि कार्यालयतर्फ लैजाने क्रममा नेपालगंज उपमहानगरपालिका-२० राँझा चोक नजिकै पुग्दा प्रतिवादी न्यौपाने मोटरसाइकलबाट हाम फाली भागे पश्चात प्रहरीले फायर गरी नियन्त्रणमा लिने क्रममा न्यौपानेको बाँया खुट्टामा १ राउण्ड गोली लागि घाइते भएका थिए । न्यौपानेको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल