Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग गरेर नियुक्ति लिएको ठहर गर्दै सरकारले पदमुक्त गरेको छ। सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। ओझाको नियुक्ति सुरुदेखि नै विवादास्पद बनेको थियो। विवाद गहिरिएपछि गत असार ३० गते मन्त्रिपरिषदले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा समिति गठन गरेको थियो। समितिले उनी अध्यक्ष बन्ने योग्यता नपुग्ने र फर्जी कागजात पेस गरेर पद हात पारेको ठहर गरेको थियो। समितिको प्रतिवेदन सार्वजनिक भएपछि ओझा त्यही दिनदेखि पदमा निलम्बित भएका थिए। अन्ततः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई औपचारिक रूपमा पदमुक्त गर्ने निर्णय गरेको हो। ओझालाई गत फागुन १२ गते मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। कञ्चनपुर घर भएका ओझाको नियुक्ति करिब छ महिनामै विवाद र बर्खास्तीमा टुंगिएको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल