Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फाइदा हुने ठाउँको जोखाना हेर्दै यी भष्मासुर

काठमाडौं । नेकपाको सग्लो रुप रहेन । ठूलो पार्टी राष्ट्रको उन्नति जनताको अपेक्षापूरा गर्न दुई तिहाईले पनि सकेन । राम्रो गर्न कसैले छेकेको थिएन । पार्टीमा गुटवाद चलाउन माहिर ओलीलाई नेतृत्व दिलाउने तत्कालिन एमालेको मतदाता भ्रममा थिए । पद, पैसा, पाखुरामा विश्वास गर्नेले पार्टीको हित गर्दैन । प्रम ओलीका के गुण देश हितका पक्षमा छन् ? सरकारको नेतृत्वमा पटक पटकपुगेका वामदेवगौतम आफैं असफल चरित्र हुन् । चुनाव हारेर पनि सांसद बन्ने सांसद बनेर राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न पाउने कानुनमा छैन तर जनताले नपत्याएका वामदेवलाई प्रधानमन्त्री चाहियो ।
अहिले प्रम ओलीले फुटाएको पार्टी जोड्न वामदेव लागेको बताए पनि पत्याउन सहज छैन । किनकि गौतमकि श्रीमती तुलसा थापा ओली गुटकै भेलामै गएकी छन् । गौतमको टिमका रघुवीर महासेठले श्रीमतीलाई मन्त्री बनाएकै छन् । धन्न ओलीले तुलसा थापालाई मन्त्री पद दिलाएका छैनन् । वामदेव गौतम राष्ट्रियसभा नेकपा संसदीय दलका नेता अर्का भष्मासुर दीनानाथ शर्माले कसरी ओलीको तानाशाह चरित्र सुधार्लान् शंका यहाँ छ । मौकामा सत्तामा पुग्दा कमाउने एजेन्डा सफल बनाउने यी दुवै हुन् । गौतमले अदालती फैसला हेरेका हुन् भने दिनानाथ शर्माले पदीय सुरक्षा खोजेका हुन् । आफू सुरक्षित बन्नका लागि दुवै तिर नलाग्ने एकतालाई विभाजन हुन नदिने यी दुवैको भनाईमा विश्वास गर्ने आधार छैन । गौतम हिजो बारम्बार उपप्रम एवं गृहमन्त्री भएकै हुन् । उनको पालामा कतै सकारात्मक स्थिति थिएन । दीनानाथ शिक्षामन्त्री भए उनले ब्रम्हलुट चम्काए, शैक्षिक सुधार यिनले केही गरेका थिएनन् । अहिले गौतम र शर्मालाई इमान्दार भन्ने ठाउँ छैन । यिनका विगत जनताले थाहा नपाएका हैनन् । ओलीको कुन निर्णयलाई यिनले नेकपाको हितमा देखे ? प्रधानमन्त्री केपी ओली गुटबन्दी नेता हुन् । ओलीले आफूलाई नियोजित रुपमा चुनाव हराएको कुरा वामदेवलाई थाहा छ । वामदेव चुनवा जितेका हुन्थे भने प्रधानमन्त्री पद छाड्दैनथे । किनकि यिनलाई उचाल्ने धेरै हुन्थे । वामदेव लागेपछि एकोहोरो रुपमा लाग्छन् । वामदेव लाग्नु अदालती पर्खाइ हो दिनानाथ लाग्नु पदीय स्वार्थ हो ।
सत्ता र शक्तिको सहारामा लागेकाले गौतम र शर्माको प्रतिक्षा गर्न कोही मरिहत्ते गर्लान् तर आम कार्यकर्तामा भने प्रधानमन्त्री केपी ओली र उनको टिमले ल्याएको योजनाप्रति विश्वास छैन । अहिले चुनाव सम्पन्न हुने स्थिति सहज छैन । देशको कुनै ठाउँ स्थिरता र शान्तिको बाटोमा छैन । विकासको ठाउँ सहज, सरल देखिँदैन । भ्रष्टाचार, कमिशनका कुरामा सत्ता सञ्चालकहरूको ध्यान केन्द्रीत छ । प्रधानमन्त्री केपी सबैतिर आफ्नो रजाई चलाएकै थिए । पार्टीका समकक्षीहरूलाई अटेरी गरेर आफ्नै निवासमा भएको बैठकमा सहभागी नहुने अराजक चरित्र देखाएकै थिए । यो यथार्थता वामदेव र दिनानाथहरूले बुझेकै हुन् । तर पनि भाउ खोज्न अहिले कतै नलाग्ने भनेकै छन् । यी दुवैले कुरेको अदालती फैसला हो । अदालत ओलीको अधिनायीकरणमा लाहा छाप लगाउँछ यी दुवै ओलीको पछि लाग्छन् ।