Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपिएलको आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा गर्दैछन् । लिग चरणका खेलमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको छ भने एक खेल विराटनगरसँग हारेको छ । त्यस्तै विराटनगरले ७ खेलमा ५ खेलमा जित हासिल गरेको छ र दुई खेलमा हार बेहोरेको छ । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो । यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो । दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र स्कट कुगेइलिन, हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपिएल सहभागी छन् । सुदूरपश्चिमबाट खेलिरहेका जोश ब्राउन र क्रिस लीन अब बाँकी खेलमा उपलब्ध हुने छैनन् भने सुदूरपश्चिमले बाँकी खेलका लागि भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तान खेलाडी मुखतार अहमदलाई भित्र्याएको छ । त्यस्तै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी छन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल