Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रास्वपाको पक्षमा यस्तो जहलहर किन आयो ? ३५ वर्षदेखि देशमा शासन गरेका काँग्रेस र एमालेले आप्mना असफलता र कर्तुतको आत्मसमिक्षा कहिले गर्लान् । केपी ओलीका हावादारी योजनामा ताली बजाउने बुझक्कडहरू सबै चुनावमा बढारिए । शेरबहादुर देउवाका रैतीले डडेलधुराकै शाखा बचाएनन् । पद र कुर्सीका लागि जोसँग पनि मिल्ने राज्यका प्रत्येक क्षेत्रमा लुट चम्काउनेहरूलाई जनताले सजायँ दिए । रवि गृहमन्त्री थिए, प्रचण्ड प्रधानमन्त्री । जुन दिन सरकारले २५ वटा भ्रष्टाचारका फाइल अनुसन्धान गर्ने सकेत देखायो । त्यो दिन २०८१ असार १४ गते थियो ।
आफैं पक्राउ पर्ने अवस्थाबाट जोगिन डा. आरजुले एमाले अध्यक्षसँग प्रधानमन्त्रीको अफर गरिन् । ओलीलाई प्रचण्डले १ वर्षपछि दिने प्रम भन्दा तत्काल हाताहाती पाउने नगदे दाउलाई नै महत्व दिनु थियो । असार १५ पछि असार १६ मा स्वर्ग र नर्क सँगै जाने भनेका केपी आफ्ना विश्वासपात्र लिएर असार १७ गते क्याप्टेन रामेश्वर थापाको हात्तिगौडाको घरमा डा. आरजु राणा, शेरबहादुर देउवा, प्रकाशरण महत, रमेश लेखक, पूर्णबहादुर खड्का हाजिर थिए । उनीहरूले पहिलो निर्णयमा रवि लामिछानेले छानविनका लागि खोतलेको फाइल बन्द गराए । आज ती फाइल चर्चामा छन् । २५ वटा फाइल झलझल देखेका रवि लामिछानेको टीमले त्यस्ता फाइल हेर्छ कि हेर्दैन प्रश्न उठेको छ । रविलाई भ्रष्टाचार ग¥यो भनेर तत्कालिन सरकारले दुःख दिएकै होइन । जहाँ आरजु राणा जोडिएको नक्कली भुटानी शरणार्थी, गिरिबन्धु, टेरामक्स, बासबारी जग्गा, ललिता निवास जस्ता २५ वटा फाइल थिए । ती फाइल छानविन हुन्थे भने आरजु र ओली आजको स्थितिमा रहने थिएनन् । त्यो सत्ता अहंकार र दम्बले देशमा जेनजी विद्रोह भयो । १९ विद्यार्थीको ज्यान गयो । ७६ जनाको मृत्युमा १९ विद्यार्थीको मृत्युलाई नै दुई तिहाई गल्र्याम गुर्लुम ढल्यो । धम्की तिनैको अझै जारी छ ।
चुनावले एमाले काँग्रेस, माओवादी एकै डालोमा राखेर तिनको हैसियत देखाउने काम भएको छ । काँग्रेसको देउवा गुट चुनावमा कतै हसभागी भएन । एमाले अध्यक्षले आफ्नो निर्वाच्न क्षेत्र बाहेक कतै जान सक्ने अवस्था भएन । अपराध गर्ने कारबाही व्यहोर्न नपर्ने लोकतन्त्रभित्र रास्वपाको सरकारलाई सहज हुन नदिने हिम्मत आज एमाले काँग्रेससँग छैन । जनताको मौन विद्रोहले दिएको सजायँबाट ५ वर्ष आफ्नै पार्टी सुधार्नु पर्ने अवस्थामा काँग्रेस, एमाले पुगेका छन् ।
सौरभको चिन्तन विरुद्ध पहाडी
रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर देशमा सुनामीनै ल्याउने गरी लहर ल्याएर चुनाव जितेका बालेन शाहका विरुद्ध लुसिफर नामाकरण गर्ने दिनेश सत्याल सौरभको भित्री चरित्र फर्दाफास भएको छ । सत्यालले लोकतन्त्र स्थापनापछिका सरकारहरूलाई राष्ट्रघाती देश बेचुवाको आरोप लगाउन छाडेनन् । उनले एमाले अध्यक्ष केपी ओली नेकपा संयोजक पुष्पकमल दाहालको मात्र होइन काँग्रेस पूर्व सभापति शेरबहादुर देउवा, सभापति गगन थापाको समेत चर्को विरोध गर्छन् । ०६२ सालपछि सौरभलाई व्यवस्था बदलिँदा सही नसक्नु भएको छ । राजावादी राष्ट्रवादको नाउमा कमल थापाको मेचीकाली रथयात्रा होस् वा राप्रपा विभाजन र एकता समयमा पनि सौरभको टिप्पणी सुन्न लायक थियो । दिनेश सत्यालले पृथ्वी धानेर नेपालको राष्ट्रियता बच्दैन । आफैं विज्ञ, आफैं सर्वेसर्वा ठान्ने सत्याल जस्ता महामण्डलेहरूलाई लोकतन्त्रमा रुचि छैन भने चुप लागे हुन्छ । बालेनलाई लुसिफर नामाकरण गरेर चर्चामा ल्याए बापत चासो दिने हुन् कि वास्ता नगर्ने हुन कि बेवास्ता गर्छन् त्यो भने पर्खनपर्छ । आची भनेर चिनेपछि महामण्डलेहरूको कुरालाई चासो नदिनु पनि कुशल राजनीतिज्ञहरूको कर्तव्य हो । देशमा राजावादी शक्तिको हालत के छ सत्यालको आँखा खुल्दैन । विद्वताको नाउमा जे पनि बोल्ने सौरभलाई मानवअधिकारकर्मी कृष्ण पहाडीले युट्युबमार्फत् छास्नु छासेका छन् । पहाडीलाई पहेँलो वस्त्र लगाएर डलर भिœयाउने र बाँड्ने गर्छ भन्ने आरोप लगाएका सौरभले चुनाव हुँदैन कसरी गर्छन् भन्दै बालेनका विरुद्ध लगाएका आरोपको समेत पहाडीले भण्डाफोर गरेका छन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल