Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फुटको असर छैन भन्दै काठमाडौं एमालेको शक्ति प्रदर्शन

काठमाडौं । सोचेजति असर नेकपा एमालेको विभाजनले संस्थापन पक्षलाई भएन । वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खासै नेता तथा कार्यकर्ता लागेको देखिएन । अध्यादेशको भ¥याङ हाल्दा पनि कार्यकर्ताले उक्लिने प्रयास नगरेपछि एमाले आफ्नो रफ्तारमा अघि बढेको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमालेले वृहत कार्यकर्ता भेला गरेको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गरेका छन् । सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएको र पछिल्लो समय पार्टी विभाजनको ‘चोट’ भोगेको एमालेले पार्टी विभाजनविरुद्ध सन्देश दिन देशका विभिन्न ठाउँमा कार्यकर्ता भेला, प्रशिक्षणलाई तीव्र पारेको छ । नेताहरूले विभाजनविरुद्ध एक भएको र एमालेले जनताको अभिमतले पुरानै वर्चश्वमा फर्काउने उद्घोषका साथ केन्द्रदेखि जिल्लासम्मका कार्यकर्तालाई एकत्रित गरिरहेको छ ।