Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटाएर निर्वाचनमा गए पराजित हुनुको विकल्प नरहेको बताएका छन् ।
बुधबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले पार्टी विभाजन भए अर्को दल पहिलो बन्ने बताए । “फुटेर चुनावमा जाँदा हामी पराजित हुनुको विकल्प छैन । २–४ ठाउँमा जितिएला । फुटेर गए मत विभाजित हुन्छ । अर्को पार्टी सरकारमा जानेछ । निर्वाचन निर्माणका निम्ति हुन्छ, जुटेर मात्रै प्राप्त गर्न सकिन्छ,’’ उनले भने ।
आफूले चार वर्ष ‘फुटेर प्राप्त गर्न सकिन्छ’ भन्दै हिँडेको बताउँदै पार्टी फुटाएर जाँदा एउटा पनि सिट जित्न नसकेको सम्झिए । “व्यावहारिक र राजनीतिक रुपमा फुटेको छ । कानुनी रुपमा फुटेको छैन । म विभाजनको प्रत्यक्षदर्शी छु,’’ उनले भने ।
१३ वर्ष संघर्ष गरेर बनाएको पार्टी तीन वर्ष नै नपुगी फुटेको उनले बताए । पार्टी जुट्न आवश्यक रहेको उनले उल्लेख गरे ।
पार्टीका दुई अध्यक्ष पार्टीलाई चिरा पार्न लागिपरेको आरोप पनि उनले लगाए । यसले जनतामा निराशा उत्पन्न भएको उनको भनाइ छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल