Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फुट्न लागेपछि ठाकुर पुगे उपेन्द्रसँग

काठमाण्डौ । विभाजनको मुखमा पुगेको जसपालाई वालुवाटारले उचाल्दा महन्त ठाकुर र राजेन्द्र महत्तो लैनचौरतिर भौतारिएपछि उपेन्द्र यादवले कारबाही गर्ने अवस्था सिर्जना हुँदा बल्ल विवाद मिलाउने प्रयासस्वरुप महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।

यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो । तर वार्ता स्थल गोप्य राखिएको छ । सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई चिरा भएको छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नु हुँदैन पक्षमा अध्यक्ष महन्थ ठाकुर छन् भने उनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उपेन्द्र यादव रहेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा उपेन्द्र यादवले आफ्ना १५ जना सांसदसहित विपक्षमा मतदान गरेका थिए भने महन्थ ठाकुर आफ्ना १५ जना सांसदलाई लिएर तटस्थ बसेका थिए । नयाँ सरकार बनाउने विषयमा पनि ठाकुर तटस्थ बसेकै कारण ओली पुनः प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

ठाकुरको यो गुण तिर्न प्रम ओलीले सरकारमा कति जना मन्त्री दिने हुन् त्यो भने निश्चित छैन । ठाकुरालाई भाजपाको नेतृत्वले प्रम ओलीको पक्षमा लाग्न दबाब दिएको कुरा उनी भारतीय दुताबास धाउनुले स्पष्ट गर्दछ । त्यसले गर्दा पार्टीमा झन् विवाद उत्पन्न भएको छ । यता, अध्यक्ष ठाकुरले बहुमत सांसदको हस्ताक्षरबाट राजेन्द्र महतोलाई पार्टीको संसदीय दलको नेता चयन गरेपछि पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल