Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि बढ्यो सुनको भाउ

काठमाडौं । फेरि सुनको भाउमा वृद्धि भएको छ । चैत ३० गते सोमबार, सुनको भाउमा सामान्य वृद्धि देखिएको हो भने चाँदीको भाउ स्थिर नै छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० र तेजाबी सुन ८९ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी भने अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।