Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पोखरास्थित फेवातालमा कार खस्दा चालकको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका(६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा शनिबार राति बफएए १५८२ नम्बरको कार खसेको हो। दुर्घटनमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका ७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङलाई सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। उद्धारपश्चात् उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो। फेवातालमा खसेको कार क्रेनको सहयाताले बाहिर निकालिएको थियो।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल