Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फोहरको दूर्गन्धले महानगर ग्रसीत

काठमाण्डौ । भत्ता र सेवा सुविधा कानून विपरित कुम्ल्याउने तर जनताले तिरेको कर अनुसार महानगरले सुविधा र सेवा दिन नपर्ने गजब छ काठमाण्डौ महानगर पिता विद्या सुन्दर शाक्यको शासन । जनता कर तिर्छ महानगर सडक, बत्ति, ढल, खानेपानी जस्ता आधारभूत आवश्यकता पूर्ति गराउन सक्दैन । व्यापारिक कम्प्ल्येस र ठूला बजारका संचालक राजस्व तिर्दैनन् । त्यहाँ महानगर पंचे बाजा लिएर पुग्छ । स्थानीय सरकारको सेवा शर्त पूरा गर्न नपर्ने कर उठाउन नछाड्ने यही हो विद्या सुन्दर शाक्यको सम्वृद्दि र विकास ? जनता सोधिरहेछ । तर शाक्य फोहरको समेत व्यवस्थापन गर्न नसक्ने नालायक बनेका छन् ।

शाक्य मेयर भएपछि कुनै नयाँ योजना शुरु गरेर सम्पन्न भएका छैनन् । चुनावमा महानगरलाई विश्वमा चिनाउने गरि काम गर्ने कबोल गरेको नेकपा एमालेको ओली पथले ४१ महिना संघिय शासन गर्याे वेरुजु बढायो । विदेशी ऋणको भारी थोपार्याे । नीतिगत भ्रष्टाचारको कृतिमान देखायो । त्यही ताल काठमाण्डौ महानगर पालिकाको छ । जो भ्रष्ट छ उसलाई काखी च्याप्ने चलन राजनीतिमा छ । कम्युनिष्टहरुबाट देश विकास हुदैन बरु भ्रष्टाचार कमिशन र विचौलियाको हातमा देश लैजान्छन् भन्ने प्रमाण ओली शासन हो ।

राजधानीका १८ वटा स्थानीय निकायको फोहरको व्यवस्थापन गर्ने सहरी विकास मन्त्रालयले शिसडोलको ल्याण्ड फिल्ड साइडको व्यवस्थापन गरेन भनेर महानगर उम्की रहेको छ । किसानले खेती लगाउँदा मल पाउदैन महानगरले सड्ने फोहोरबाट मल बनाउने योजना ल्याउन किन सक्दैन ? मल कारखाना भएको भए सड्ने फोहरले बढाएको दुर्गन्धको समस्या भयावह हुने थिएन । फोहर जतिसुकै टन होस् स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रको ख्याल गरेर दीर्घकालीन तत्कालीन र मध्यकालीन योजना ल्याएको भए अहिलेको संकट आउने थिएन । योजनाहिन धम्पूस चरित्रलाई मेयर बनाउँदा एमालेको जन आधार काठमाण्डौ महानगरमा त ध्वस्त भयो भने विश्व जनमतलाई समेत असक्षम नेतृत्वको भ्रष्टाचारी चिन्तनको जानकारी दिलायो ।

दाताले बनाएका योजना बचाउन नसक्ने नालायकहरु देशभर छन् । सिहंदरबारका नालायकहरु नीतिगत लुटमा लागे । काठमाण्डौ महानगर जस्ता स्थानीय सरकारका नायकहरु कोरोना लाग्दा सोल्टी होटल बस्छन् । महानगरबाट होटल खर्च तिराउछन् । जनतालाई कर तिर्न उर्दि जारी गर्छन् तर सेवा सुविधा दिदैनन् । काठमाण्डौ महानगरले फोहरको उचित व्यवस्थापन गर्न सक्दैन भने खानेपानी, विद्युत सडक, टेलिफोन, स्वास्थ्य र शिक्षाका योजना ल्याउँछ र जनताको सेवा गर्छ भन्ने विश्वास कसरी गर्ने हो ?

जनता कर तिरी रहने महानगरका प्रमुख र उपप्रमुख कानून विपरित सेवा सुविधा लिने सहरको दुर्गन्ध हटाउन नसक्ने भएका छन् । सरकारको मात्र मुख ताक्ने हो भने स्थानीय सरकारको क्षेत्राधिकारको अर्थ भयोे । संघिय सरकारका प्रम भाषणबाज बनेर ४१ महिना बिताए । उनकै चेला विद्या सुन्दर, घुरान सुन्दर बनेका छन् । जनता फोहरबाट आतंकित छन् ।