Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बँदेलको पासोमा एकै घरका तीनजनाको ज्यान गयो

बर्दिया । असुरक्षित रुपमा जंगली जनावरका लागि थापिने धरापमा परेर मानिसको ज्यान जाने गरेका छन् । यस्तै डरलाग्दो घटना बर्दियामा घटेको छ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायले जानकारी दिए । धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ । जंगली जनावारबाट खेतवारीमा लगाइएको अन्नबाली जोगाउनका लागि विद्युतीय पासो थाप्दा यस अघि पनि करेन्ट लागेर दुई वटा जंगली हात्ती र एक जना युवाको मृत्यु भैसकेको छ ।