Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बच्दैन यसरी निगमको साख

काठमाडौं । पार्र्टी एकताका बाँकी कार्यक्रमलाई थाती राखेर प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किएका छन् । उनको यो भ्रमणले नेपालको हवाई उड्डयनका क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको फ्रान्सेली व्यापारी समूहलाई पनि सोच्नुपर्ने स्थिति सिर्जना हुँदैछ । आइएलओको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओलीले नेपालमा ठूला जहाज बेच्ने फ्रान्सका विमान कम्पनीका मालिकहरुलाई कस्तो जवाफ दिने हुन् त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ । नेपालले फ्रान्सेली कम्पनीसित वाइडवडी विमान खरिद गरे पनि युरोपियन युनियनसँग आवद्ध देशहरुले नेपालका विमानहरुलाई उडान अनुमति नदिएर अनौठो प्रवृत्ति देखाइरहेका छन् । नेपाललाई विमान बेच्न हुने त्यही विमान उनीहरुको मुलुकमा उड्न स्वीकृत नपाउने कस्तो व्यापारिक कुटनीति हो यो ? अहिले वायुसेवा निगमले अन्तर्राष्ट्रिय मुलुकहरुमध्ये जापान र चीनको यात्रालाई सुचारु गरिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन समूहहरुको संगठन आइकाओबाट तिरस्कृत भएको छ । यसको कारण पनि नेपालका हवाई उडानहरु फ्रान्स, नर्वे, स्वीटजरल्याण्ड जस्ता मुलुकमा अस्वीकृत हुनु हो । जहाज खरिद गर्ने तर त्यसको बजारतर्फ ध्यान नदिने प्रवृत्ति नेपालका शासकहरुको देखिएको छ । राष्ट्रिय ध्वजबहाक वायुसेवा निगमलाई तहसनहस बनाउन निजी क्षेत्रको विमान कम्पनी यति एयरलाइन्स सक्रिय रहेको छ । संयोगवश प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही एयरलाइन्ससँग आवद्ध हिमालयन एयरलाइन्स प्रयोग गरी भारत र चीनको भ्रमण पनि गरिसकेका छन् । अहिले वायुसेवा निगममा कार्यकारी अधिकार दिलाएर पठाइएका झापाली मदन खरेल हिजो निगमको महाप्रबन्धकबाट राजीनामा गरेर हिँडेका चरित्र हुन् । हिजो असक्षम भएको व्यक्ति झापाली भएकै कारण रातारात सक्षम भई वायुसेवा निगमको नेतृत्व लिन कसरी सके ? कतै निगमको बाँकी रहेको ढुकढुकी मास्नका निम्ति खरेललाई प्रधानमन्त्री ओलीले च्यापेका त होइनन्, एयरलाइन्सका एकजना कर्मचारी प्रश्न गर्दै थिए ।