काठमाण्डौ । सत्ता अहंकारले मात्न शुरु गर्दा अब प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसलाई बत्ति बालेर खोज्नु पर्छ काँग्रेस ५० वर्ष सत्तामा आउदैन भन्दै कूर्लेका प्रम ओली आफ्नो सत्ता अहंकारले दुर्ई तिहाईको सरकार भत्काएर अल्पमतमा थच्चिए पछि पून निरंकुश शासक बन्ने उद्देश्यले काँग्रेस सभापति शेरबहादुरको शरणमा पुगेका छन् । यस पटक उनलाई काँग्रेस खोज्न कुनै बत्ति बाल्नु परेन किनकी बैशाखको गर्मी मौसममा घाम चर्कै लागेको समय थियो त्यो । उनी दलबल सहित आफ्नै पौरखले संसदमा भत्कीएको बहुमत विरुद्ध दौडी रहेका थिए । दिउसो देउँवाको हवेलीमा पुगेकाले प्रम ओलीले बत्ति बाल्नु परेन । लोडसेटिङ्ग पनि थिएन ।
५० वर्षसम्म काग्रेसले सत्ताका लागि नचिताए हून्छ भन्ने यीनको छुद्र वचन ३ वर्ष २ महिना १८ दिनमा उल्टियो । एमालेको १२१ सांसदमा समेत ओलीका निम्ति मरिहत्ते गर्ने भएनन् । यीनले आफूसँगै पार्टी एकतामा सहभागी भएको शक्ति माओवादीलाई शत्रु ठाने । हिजो जसरी दुरदुर गर्थे त्यस्तो गरेकै हुन् । कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार त परेको कुरा आफ्नै पार्टीका १२१ सांसद एक ढिक्का गराउने हैसियत यतिखेर ओलीमा छैन । त्यही कारण उनले रागट्रपति गुहार्नु पर्यो ।
आफ्नो मुखै बेरी भएपछि पाउने दुख यहाँ भन्दा बढि के हुन्छ ? एकाधिकारबादी शैली र प्रवृत्तिले आफैलाई सिध्याउँछ । संसदबाद लत्याउँदै निरंकुशताको मुहान बन्दै गर्दा प्रम ओलीले ५० वर्षसम्म काग्रेस खोज्न बत्ति बाल्न पर्ने घोषणा कुन अवस्थामा गरेका थिए ? डनको सम्वृद्दि र विकाससँग जोडिएका मोती दुगड, अविषेक दुगड, सुरज वैद्य भ्याक्सीन भित्र्याउन रोक लगाएको घटना के हो ? यहाँ प्रम ओलीको सत्ता टिकाउन काँग्रेस आवश्यक पर्याे ? भारतका प्रतिनिधि महन्त ठाकुर राजेन्द्र महत्तो बिचमा समेत शंका उब्जेको छ ।
जसपा ३२ सांसदमा उपेन्द्रले २२ जना लागेपछि महन्तसँग १० जना रहन्छन् । आफै दम्बले भरिएको कम्युनिष्ट पार्टीको बिचमा भएको एकता भत्काएर देश लुट्ने नायक ओलीको सत्ता टिकाउने दायित्व विद्या भण्डारीको अध्यादेशले पूरा गर्दैन । ३ वर्षमा ओलीको चमत्कारको हिसाब काग्रेसले पनि गरेको हुनुपर्छ । पदभ्रष्ट सत्ता लम्पट भ्रष्टचारका खानी केपि ओलीको एकलब्य बानी कसैले जयजयकार गरेका छन् भने तीनको मतले संसदमा बहुमत पुग्दैन भन्ने जानकारी नहुनु भनेको बादशाहा बन्नु हो । ओली कालमा पार्टी पार्टीको रुपमा रहेन ।
एमालेको जनताको बहुदलीय जनवादले अनुशरण गरेका भ्रष्टचार कमिशन र लुटतन्त्र भित्र थामसेर्कु, यति होल्डिङ्स र ओम्नी । काम कम्पनीका ठेकदारहरुको बालुवाटार प्रवेशले सांसदमा बहुमत पुर्याउन सांसद खरिद गरेको भए कसैले छेक्दैनथ्यो । गण्डकीमा गुण्डामन्त्री भएकै छन् । लुम्बिीन्ीमा अल्पमतको मुख्य मन्त्रीलाई एमाले त्यागेका सांसद पदको लोभ छाडेका निष्ठाबानहरुको निर्णयले शंकर पोख्रेलको शैली झल्कीयो । प्रम ओलीको फोटोकपि बनेर पार्टीको अस्तित्व माथी समेत प्रहार गरेका लठैत प्रवृत्तिका शेरधनराई, डोरमणी पौडेल, शंकर पोख्रेल पृथ्वी सुब्बा गुरुङको राजनीति अब एमालेकै नाउमा टिक्छ ? शंका यहाँ छ । बत्ति बालेर काग्रेस खोज्न पार्टी र सरकारको समन्वयमा देश र जनताको पक्षका कार्यक्रम र निर्णय गर्नुपथ्र्याे ।
भ्रष्ट, दलाल, विचौलिया, ज्यानमारा, अपहरणकारी खेद्नु पथ्र्याे । विकृति विसंगति सिरानीमा राखेर निदाउनले सम्बृद्दि र विकासको ऐलान गरेर व्यवहारमा देखाएको खोई ? ओलीको राष्ट्रवाद कहाँ छ ? भ्रष्टचार गर्दिन अरुलाई पनि गर्न दिन्न स्लोगन लेखेर सिहंदरबार रंगाएको जति दिन भयो नीतिगत लुट चलाएको त्यति दिन भएको छ । प्रभू ठान्नेहरुको कुरा सुनेर पार्टीका नेताहरुको हुर्मत लिनेले तीनैको साथ भोली चाहिएला भन्ने सोचेको भए यो हालत हुन्थ्यो ? निर्वाचन आयोग, नेपाली सेना, अदालत संवैधानिक अंग कब्जा गर्दा, सार्वभौम सत्ताध्वस्त पार्ने बादशाहाले संकट बेहोर्नु पर्ला भन्ने सोचे ? सजाँए त दिने ठाँउ रहेछ त ? माओवादीको चुनाव चिन्हका साहरा लिएर माधव, झलनाथ टिमले बागमति प्रदेशको राष्ट्रिय सभा सदस्य उम्मेद्वारमा डा. खिमलाल देवकोटालाई नै अगाडि सार्दा ओली गुटको दम्ब माथी निशान पर्यो ।
माओवादी त्यागेर ओलीको पछि लागेका गृह मन्त्री राम बहादुर थापाको भावी राजनीति अब पो देखिन्छ । माओवादीको बदनाम गर्ने बादल मात्र होइन अब लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभू साहाको दिन पनि ढाक्रेमा पुग्छन् । गृहमन्त्री बादलको असक्षमता सुरक्षा फौजमा देखिएकै छ । यीनलाई त्यो ठाँउमा पर्याउन १९ हजारको रगत बगेको छ । यी ढाक्रेहरु बारम्बार मन्त्री भएका छन् । जनताको हितमा भन्दा विचौलिया र ठगको हितमा निर्णय गरेका छन् । छोराको कन्चनपूर पौरखका कारण बादल ओली गुटमा लागेको संसारलाई थाहा छ । राजनीति सधै ओलीको कब्जामा हुन्न । बादल पूत्र जेल जाने निमर्ला पन्थको आ त्माले शान्ती पाउने दिन आउन सक्छ मात्र समयलाई पखर्नु पर्छ ।