Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्दुक सहित समातिए सरोज र राजकुमार

धनुषा । मिथिला नगरपालिका(४ पुष्पलपुर खोलाबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन् ।
बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज।१२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा लोड भएको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार