Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पात्र र प्रवृत्तिले देश बिगार्छ । नेकपा एमाले एउटा पात्र भयो । प्रवृत्तिका रुपमा केपी ओली चम्किएकै छन् । पार्टीमा सक्रिय कार्यकर्ताले भनेको सुन्नु पर्दैन, पार्टीका नीति निर्णय उनकै अधिनमा छन् । एमाले जसरी चम्कियो त्यसैगरी सक्किने भयो । किनकि त्यो पार्टी त्यस्ता ऐजेरु बने जसले पार्टीका संस्थापकहरूलाई खेदेका छन् । आफूलाई निर्विकल्प ठान्ने केपी ओलीको भक्तिगाना गाउने पनि यो बेला छैनन् । जो छन् उनीहरू आफ्नै चरित्रले ध्वस्त छन् । महेश बस्नेत, शेरधन राई, कृपासुर शेर्पा, ऐनबहादुर महर यसका प्रमाण हुन् । युवा संघकी त्यो बेलाकी बालिका खड्का, शोभा पाठकलाई एमालेले पार्टी कार्यकर्ता होइनन् भन्दैन । किनकि त्यहाँ तीनको लगानी छ । यही बेला रामवीर मानन्धर र जनार्दन ढकालहरू एमाले त्यागेर काँग्रेस भएका छन् । जायते तत्व बोध भने जस्तै एमालेका लागि ओली र उनको गुटको चरित्रले पार्टी सकिए पनि देशको धरातल सकिँदैन भन्ने छ । अहंकार र दम्बले सबै नष्ट गर्छ । समयले त्यो देखाउँछ । संकट पर्दा साथ खोज्ने स्वार्थ पूरा हुँदा लत्याउने संस्कृति एमालेको छ । यो संस्कृति माधव नेपाल वा वामदेव गौतम पार्टीका हर्ताकर्ता हुँदा पनि हिजो आज झन चर्को छ । ओली समस्या हुन् समाधान होइन् आज झापामा उनको देवत्वकरण छैन । मत माग्न जाँदा नमस्ते गर्दैमा तीनले भोट दिन्छन् भन्ने हुन्न । किनकि ओलीकै चुनाव प्रचार कार्यालयमा पुगेर एमाले कार्यकर्ताहरूसँग बालेन शाहले नमस्कार गरे, हात मिलाए । त्यो संस्कार केपी ओलीको छैन । किनकि चुनावी कार्यलय दाशले कुरेका कारण ओलीलाई कुनै संस्कार स्मरण गर्न पर्दैन । उनी एमालेका लागि अपरिहार्य हुन । पार्टी र सरकारमा ओली बिना नेकपा एमालेको उपस्थिति हुनु हुन्न । उनकै दाश हुन् शंकर पोखरेल, दाशले चलाएको पार्टी र नेतृत्व कस्तो हुनछ ? त्यो त नमूना एमाले हो । त्यसैले घेराबन्दीमा परेको छ । जसको बोलीमा ठेस लाग्दैन । लगाम छैन । त्यसले जे बोले पनि हाहाहुडु गर्ने महेश बस्नेतहरू पनि अब थला पर्दैछन् । प्रधानमन्त्री बन्नै पर्ने काँग्रेसका शेरबहादुर देउवाले ओलीमा अरुलाई पिडा दिँदैन । तर ओलीले विपक्षीमाथि बोल्यो कि पोल्यो हुन्छ किन ? पदका लागि ओलीले देउवा र प्रचण्डलाई रिगाए जस्तो आज छैन । पदमा रहँदा राम्रो नगर्ने तर नराम्रोको विरुद्ध सामाजिक सञ्जाल सक्रिय हुँदा प्रतिबन्ध लगाउने जबज पनि आज थला पर्दैछ । यहाँ पृथ्वी सुब्बा गुरुङले चुनाव जित्नु पर्दैन । नत ललिता निवासका मालिक विष्णु पौडेल चुनाव जित्नुपर्छ भन्ने मत त शंकर पोखरेल जस्ता महानायकलाई कोमल ओली भए पुग्छ । पार्टी कार्यकर्तालाई एमालेको विराशत जोगाउनु छ तर ओलीलाई शंकर पोखरेल जितुन् भन्ने छ । अहंकार र दम्बले को कहाँ पुग्छ ? जेनजीको त्यो आन्दोलनले ओली कहाँ पुगे उनको पार्टी कहाँ पुग्छ समय आएको छ । यो अवस्था माथि ओली गम्भीर हुने कि नहुने भन्ने हो । ओलीले आफूले गरेको गल्ती छानविन गर्न गठित आयोगलाई गरेको व्यवहारले उनी संविधान कति मान्छन् भन्ने कुरा दर्शाउँछ । आफैं देश हुँ, मेरो गोरुको बाह्रै ठक्का ठान्ने ओली सिद्धान्तले आजको राजनीति धान्दैन । गल्ती आफ्नो छ त्यही गल्तीले घर घरमा विद्रोह निम्त्यायो । तर व्याख्या भने विदेशी घुसपैठमा लगेर टुंग्याउने मेलो उनको हो । तर पत्याइदिनु पर्ने जनताले । कुकर्म आफू गर्ने आरोप विदेशीलाई लगाउने ओली सिद्धान्तका रचियता विष्णु रिमाल आफैं एमाले मजदुर संगठनको नाममा सीआइएको डलर लिएर ट्रेड युनियनका कार्यक्रम गर्ने पात्र हुन् । उनैसँग महामहिमले सोधे भइहाल्छ ? जबकि डोनर सीआइए भएको संगठनका हर्ताकर्ता विनोद श्रेष्ठ काठमाडौं १० का उम्मेदवार छन् । भाद्र २३ गते ओलीले मन्त्रीमण्डल भंग गर्थे भने २४ को आन्दोलनले सिंहदरबार र सर्वोच्च मात्र होइन संसद भवन, नेताका घर जोगाउँथ्यो । नेताका घरमाथि प्रहार तिनले लोकतन्त्रमाथि गरेको दोहन हो । प्रहरीमाथिको प्रहार बाटोमा ढाँट राखेर ट्राफिकले अपनाएको लुट, गाडी चालकहरूलाई दिएको दुःख र प्रभागहरूले सताएका पकेटमारा, ट्यापे गुण्डाहरूको निगरानी हो । लोकतन्त्रले प्रहरी कस्तो बनाएछ ? शुशासन कस्तो दिएछ ? निष्पक्षता कहाँ कति छ ? बजार कस्तो बनायो त्यो छर्लङ्गै छ । सधैं अरुलाई खेदो खन्ने नरसंहारकर्ताको निरन्तरताअब हुनु हुँदैन । किनकि देशलाई एमालेको नाममा काल कठोरी बनाउने जबजब आजको उपलब्धी हुँदै होइन । जसले जबजको सिद्धान्त र भाष्य तयार पा¥यो उसकै पत्नी एमाले नहुने ओलीको अगुवाईमा आएको नयाँ सिद्धान्त त्यही हो । संविधनको रक्षा, गणतन्त्रको संरक्षण, संघीय शासन, समावेशी सिद्धान्त, समाजका उत्पीडित वर्गको हितमा जसले विद्रोह ग¥यो त्यो शक्तिलाई छेक्ने पात्र यी केपी हुन् । यिनले देउवाको घरमा पैसा जल्नु र ७६ जनाको हत्या हुनुमा पनि एआई प्रविधि नै दोषी करार गरीसके । अवोध विद्यार्थीको हत्यामा सरिक ओली र उनका साहन बाहनलाई यस पटक जनताले जिल्लामै थान्को लगाउनुपर्छ । एमालेमा परिवर्तन चाहनले त्यो बुझ्नुपर्छ ।
यहाँ जनाधार भएको दल नेकपा पनि छ । यद्यपि चुनावी फण्डामा त्यो एमाले जस्तो छैन । ओली सेन्डिकेटले धानेको राज्यको सत्ता सेना, प्हरी, सशस्त्र र गुप्तचरको क्षमता पनि त्यो बेला देखियो । लुब्ध र लोभीको भण्डार राष्ट्रपति भएकै कारण पदको बचाउ भयो । त्यसले व्यवस्था जोगायो, संविधान बचायो भनिन्छ । तर त्यो सत्य होइन । जसले ओलीलाई भगायो त्यो शक्ति नै जनताले स्वीकार गरेको शक्ति होइन । यो जमात मौका पर्दा जनताका छोरीचेलीको इज्जत लुट्ने, गरगहना लुट्ने हैसियतको हो । जनयुद्धका बेला यो टोली पुगेको गाउँका छोरी चेली सुरक्षित थिएनन् । सेना प्रवेश गरेको घर न्यायको तराजुमा बचेको थिएन । नेपालका नेता केपी ओली र शेरबहादुरको अपराधको रक्षक यो टोली जनताको हुन नसक्ने गरी समाजमा खस्केको कुरा ओली बुझ्दैनन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल