Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिक प्रतिस्पर्धामा चुनाव जित्नु र हार्नु ठूलो इस्यु बनाउन पर्दैन । एमाले अध्यक्ष यतिबेला पितृ शोकमा छन् । काँग्रेस पनि पहिलेको जस्तो शसक्त छैन । विगतमा त्यही कारण संसदमा ठूलो दलको नाताले नेकपा एमालेले अल्पमतको सरकार बनाउन पायो । त्यो बेला गिरिजालाई नैतिकताले छोएन । बरु एमाले विरुद्ध काँग्रेस र राप्रपाको गठबन्धन गराउँदा सुरा सुन्दरी काण्ड भएकै हो । होटलमा सांसदहरू थुपारिएकै हो । दलहरूमा सुरा सुन्दरी काण्ड पौरखी मानिन्छ । एमालेले बल्खुमै त्यो काण्ड चलायो । त्यही कारण आज एमालेमा बालिका खड्का, शोभा पाठकहरू शेरधन राई र महेश बस्नेतको यौन शोषणमा परे । त्यस्ता योद्धालाई अध्यक्ष केपी ओलीले संरक्षण गरेका मात्र छैनन् । आफू एक्लो बृहस्पति बनेर पार्टी नेतृत्व चयन गर्दा उनीहरू सचिव बनाइएका छन् । तिनले राज्यलाई बिर्ता बनाएकै हुन् । कार्यकर्ताको मूल्यांकन यसरी नै गर्नुपर्छ । केपी ओलीको जबजभित्र यौन दूराचारी मात्र छैनन् भ्रष्टाचारी दलाल माफियाको लस्कर छ । गुण्डुमा गुण्डाकै घेरामा उनी छन् । यस्ता गैर राजनीतिक चरित्रबारे प्रश्न उठाए घनश्याम भुसाल र भीम रावल बन्नु पर्ने डरले आफैं भूमाफिया विष्णु पौडेल ०५२ सम्मका सुकुम्बारी प्रदीप ज्ञवालीहरू बोल्दैनन् । महासचिवको पद पाएका शंकर पोखरेलका लागि ओलीको एकाधिकारवाद दूधभात खाए सरह हो । उनले दाङमा मात्र होइन लुम्बिनी प्रदेशमा आतंक चर्काउँदा पार्टी रित्तो भएको ठान्दैन । किनकि शंकर त्यस्ता विद्वान हुन् जसले नेपालमा काँग्रेस र एमाले मात्र सधैं सत्ता र शक्तिमा हुने दुई दलीय सिष्टम लागू गर्नुपर्छ भनेका थिए । मनमा कालो पेटमा पाप भएका शंकरका लागि ०५१ सालमा दाङमा खुमबहादुर खड्काले बिजौरी काण्ड मच्चाएर दुईजना एमाले कार्यकर्तालाई गोली चलाएर मार्दा शंकरको स्वार्थमा एमाले सडकमा आउन सकेन । खड्काको निर्माण क्षेत्रको लुटमा ठेकेदार दाजु सहभागी भएको कारण शंकरको स्वार्थमा घुन नलागोस्, गरिबका छोरा मर्दा र २÷४ जना कार्यकर्ता घट्दा एमालेलाई केही हुन्न भन्ने निश्कर्षमा पार्टी पुगेको फल सधैं जसो चुनावमा शंकरले व्यहोरेका हुन् । ०७४ मा माओवादीले बोक्दा शंकर चुनाव जितेर प्रदेश मुख्यमन्त्री बने । तर जनताको हितमा सिन्को भाँचेनन् । केन्द्रमा ओलीले राष्ट्रपति विद्या भण्डारीलाई प्रयोग गरेर गणतन्त्र र संघीयतामाथि संवैधानिक प्रहार गरीरहे । २ पटक संसद विघटन गराए । काँग्रेसी न्यायाधीश कुमार रेग्मी प्रयोग गरेर नेकपा फुटाएर एमालेका नाउमा राज्य दोहनका सयौं काण्ड सफल बनाए । शंकर पोखरेल, ईश्वर पोखरेल, भानुभक्त ढकाल, विष्णु पौडेल जस्ता कपुतहरू थपडी बजाउन अगाडि सरे । सहयात्री र शुभेच्छुकका विरुद्ध एमालेका जो लागे ती सबै यस पटकको चुनावमा पराजित भएका छन् । उनीहरू धेरै जस्तो घण्टीको रन्कोमा परेका हुन् । ओलकिा भेडी गोठमा ससहभागी बन्दा व्यक्तिगत आयआर्जन बढाउन पाइने भएर नै कम्युनिष्ट आचरण सिद्धान्त, विचार, पद्दतिका कुरा एमालेका लागि जरुरी छैन । २ करोड ४० लाखको काममा ४ करोड ४० लाख बनाएर २ करोड ४० लाख कुम्ल्याउने शुशासन नेकपा कालकै दुई तिहाईमा भएको थियो । देश आर्थिक रूपमा समृद्ध हुन राज्यका अंगहरू नियम संगत ढंगले चल्नु पर्दछ । तर ओली शासनमा कानुन अन्धो थियो । प्रहरी अख्तियार अदालत बालुवाटारकै कब्जामा थिए । त्यही कारण रास्वपाका सभपातिमाथि मुद्दामाथि फर्जी मुद्दा लादिए । धनराज गुरुङ, ऋषि पोखरेल पन्ती अञ्जला पोखरेलमाथि सहकारी ठगीमा कारबाही भएन । सहकारी ठगीमा काँग्रेस र एमालेको बाहुल्यता छ । , सत्य छानविन हुँदा ती दुई पार्टीमा कुनै पनि नेता जोगिँदैनन् । त्यही कारण देश लुट्ने मुख्य दुई दलको पार्टी दुई दलको सरकार र संसद बनाउनुपर्छ भन्ने तर्र्क कालो मन भएका शंकर पाखेरेलले प्रस्तुत गरेका हुन् । आफूले गरेका अपराधले आफैं गलित हुँदा समेत अरूप्रति दुर्वचन बोल्न केपी ओलीले नछाड्नु उनको भेडीगोठमा उनीहरूको सहभागिता हो ।
देखियो एमालेको नेतृत्वले जनता र राष्ट्रप्रति गरेको योगदान । ताप्लेजुङको केबुलकार काण्ड, गिरिबन्धु, नक्कली भुटानी शरणार्थी, भिजिट भिसा, कोरोना कालको ओम्नी, हुकाम, बतास, धर्मशाला छँदैछन् देशको राष्ट्रिय सम्पत्ति गोकर्ण रिसोर्ट, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रिसोट चलाउन दिने निर्णय, नेपाल ट्रष्टको जमिन थामसेर्कुलाई सुम्पनु, यति समूहको स्वार्थमा निर्णय गरी वायुसेवा निगमलाई खरानी बनाएर हिमालयन एयरलाई व्यापार दिनु मात्र थिएन । टेरामक्स प्रकरण, सेक्युरिटी प्रेस छँदैछन् । राष्ट्रपतिले समाजमा उत्कृष्ट काम गर्नेहरूलाई दिलाउने पदक तथा विभूषण बेच्नु, पशुपति धर्मशाला बतास समूहलाई सुम्पनु जलारी काण्ड चम्काउनु हिन्दू धर्म भन्नेलाई प्रभाव पार्न चितवनको माडी अयोध्यालाई रामको सक्कली जन्मभूमि भनेर प्रचार गर्ने तर विकास बजेट नदिनु पोखराको लिचीबारी जग्गाकाण्डमा हात हाल्नु भूमाफियाका स्वार्थमा भूमि ऐन परिवर्तन गर्नु जस्ता अपराधमा एनसेलको करकाण्ड विद्युत प्राधिकरणको महसुल काण्ड, एमालेको ओली पथको समृद्धि र विकास मान्नुपर्छ । किनकि ओलीका अपराधलाई कानुनले छुँदैन । जब छुन खोज्छ एमाले सडकमा आउन सक्छ । काण्डै काण्डका रचयिता यस्ता पौरखी अध्यक्षलाई पार्टी समाप्त भयो पद त्याग भन्दा भेडी गोठमा खैलाबैला मच्चिएको हो । एनसेलका दूत पृथ्वीसुब्बालाई जनताले जसरी चुनावी सभामै बहिष्कार गरे त्यो स्थिति आउला भनेर अोलीका गोठालाहरूले आफ्नो चुनावी क्षेत्रमा चुनावी सभा गर्न नसकेको हेक्का राखेनन् । त्यसैले ओलीलाई मृत्यु शैयासम्म अध्यक्षबाट हटाउन हुन्न ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल