Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलत्कारीलाइ बचाउन समाजवादीका नेता माधव नेपालको भिटो पावर सर्बसाधरणले कसरी न्याय पाउने

एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीलाई कारबाही नगर्न र राजिनामा पनि नदिन दबाब दिइएको पाएको छ । मन्त्री शाही माथि बलात्कारको अभियोगमात्र लागेन उहाँले परस्त्रीलाई जवरजस्ती करणी गरिरहेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ तर यस्तो हुँदा सम्म न त राजीनामा दिएर अनुसन्धानमा सघाउनुभएको छ न त मुख्यमन्त्रीले कारवाही गर्नुभएको छ ।
यस्तो चरित्रमाथि नै प्रश्न उठ्ने वित्तिकै पदबाट हटेर छानविनमा सघाउनु पर्नेमा मन्त्री शाहीले उल्टै भिडियो देखिने व्यक्ति पनि आफैँ हो कसले कारबाही गर्न सक्छस भन्ने तहमा पत्रकारका प्रश्नमाथि प्रतिप्रश्न गरिरहेको समेत भिडियो भाइरल भएको छ । शाहीलाई कारबाही गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनिश्चछा देखाउँदै हालसम्म समेत केही नगरिएको बुझिएको छ । शाहीले आँफै राजिनामा दिए सहज हुने चाहना मुख्यमन्त्री शाहीको रहेको निकट बताउँछन् ।
किनकी मुख्यमन्त्री शाहीलाई सत्ता टिकाउनका लागि कुर्मराजको समेत हात थियो । यता मुख्यमन्त्री र स्वयं आरोपित शाहीलाई माधवकुमार नेपालसहितले दबाब दिएको पाईएको छ । माओवादी केन्द्र निकट स्रोतका अनुसार कुर्मराज शाही माथि कारबाही गर्दा आफ्नो पार्टीको छवि बिग्रिने भएकाले तत्काल कुनै कदम नचाल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अनुरोध गरेको बुझिएको छ यसरी बलात्कारको भिडियो नै छरपस्ट हुँदा पनि शाही मन्त्री पदमा टाँसिइरहेका छन । कतिपयले यस्तो लाज पचेको मन्त्रीले राजीनामा नदिएको बताएका छन् । कर्णालीकै केही नेताहरुले अब त लाज पनि लजाएको धारणा राखेका छन् । शाहीलाई कारवाही गर्न माग गर्दै कर्णालीको विपक्षी दल नेकपा एमाले र भार्त संगठनले बिरोध प्रदर्शन गरिरहेको छ ।
तर हाल सम्म पनि प्रहरीले छानविन सुरू नगरेको अवस्था छ भने पार्टीले समेत छानविन गरेको अवस्था छैन । एमाले कर्णाली प्रदेश कमिटीका सचिव धर्मराज रेग्मीका अनुसार यसरी हालसम्म पनि छानविन नहुनु दुखद रहेको बताउनुहुन्छ । उहाँले दण्डहिनतालाई प्रशय दिन मुख्यमन्त्री नै उद्धत रहेको देखिएको र कर्णालीको सरकार नै अनैतिकहरूको भीड रहेको बताउनुभयो ।
मन्त्री कुर्मराज शाहीले एक महिलासँग जबरजस्ती यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ । महिलाकै कोठामा पुगेर शाहीले जबरजस्ती यौन सम्पर्क गरिरहेको भिडयोमा देख्न सकिन्छ । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्याप्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अनिच्छाको बाबजुद मन्त्री शाहीले दुई पटक यौन सम्पर्क गरेका छन ।
भिडियोमा मन्त्रीले जबरजस्ती यौन सम्पर्क राखेकी महिला मलाई डर लाग्छ र दुःख भनेर चिच्याउने र कराउने गरिरहेकी छिन यद्यपी मन्त्रीले निरन्तर यौन सम्पर्क गरिरहेका छन् । उक्त महिलाको कोठामा मन्त्री आफैँ प्रवेश गर्छन । उनी कोठामा प्रवेश गर्ने वित्तिकै बत्ती निभाउँछन र हतार–हतार आफ्नो पाइन्ट खोल्छन । त्यसपछि मन्त्री केही कुरा गर्छन र महिलाले मलाई डर लाग्छ नाइ भन्दा भन्दै त्यही लडाएर यौन सम्पर्क गर्न सुरू गर्छन । महिला रोइरहेकी हुन्छिन । यद्यपी फेरि उठेर महिलालाई केही सम्झाउन खोजे जस्तो गरी मन्त्री शाही पुनः जाइलाग्छन ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले भिडियो नै सार्वजनिक हुने गरी प्रहरीकोमा पुगेका पीडितहरू भने यतिखेर पछि हटेका छन् । मन्त्री शाहीका नजिकका व्यक्तिहरूले धम्काएर र प्रलोभन दिएर पीडितलाई पछि हट्न बाध्य बनाएको बुझिएको छ । यद्यपी मन्त्री शाहीले रूँदा र नाइनाइ भन्दाभन्दै परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क गरेर रक्षक नै भक्षक बनेर प्रमाणित गरेका शाही कारबाहीका भागिदार छन । परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क राख्दै हिड्ने व्यक्ति कसरी राज्यको कानुन कार्यान्वयन गराउने निकायमा बस्न सक्छ यो गम्भीर प्रश्न सिर्जना भएको छ ।