Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलिउडकै महंगो फिल्म बन्दै टाइगर ३

मुम्बई । बलिउड स्टार सलमान खानका फ्यानले उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेका छन् । बक्स अफिसमा उनका फिल्मले धमाकेदार प्रदर्शन गर्ने गर्छन् । तर, केही वर्षयता भने फिल्मले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । पछिल्लो समय सलमान खान आफ्नो सुपरहिट फिल्म सिरिज ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । फिल्ममा सलमान खान र क्याटरीना कैफको जोडी रहने बताइएको छ । यद्यपि, फिल्मका बारेमा यशराज फिल्मसले भने कुनै जानकारी दिएको छैन । चर्चाका अनुसार यो फिल्म बम्पर बजेटमा निर्माण हुनेछ । यो फिल्म बलिउड इतिहासकै सबैभन्दा महंगो फिल्म बन्ने दाबी गरिएको छ । टाइगर सिरिजको पहिलो र दोस्रो फिल्मले राम्रो कमाइ गरेको थियो । रिपोर्टका अनुसार, ‘टाइगर ३’ को प्रोडक्सन खर्च २ सयदेखि २ सय २५ करोड भारु हुने बताइएको छ । प्रोडक्सन कस्टमा आजसम्म कुनै फिल्मले पनि यति लगानी गरेका छैनन् । यस्तै प्रिन्ट र पब्लिसिटीमा झण्डै २५ करोड भारु खर्च हुने पनि बताइएको छ । यो फिल्मका लागि सलमान खानले १ सय करोड भारु पारिश्रमिक लिने पनि बताइएको छ । साथै सलमान खान फिल्मको मुनाफाको हिस्सेदार पनि हुनेछन् । यो फिल्म ६ देखि ७ देशमा अन्तर्राष्ट्रिय स्टन्ट टिमका साथ शूटिङ हुने जनाइएको छ ।