Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । साइबर दुर्व्यवहारविरुद्ध अभियान चलाइरहेकी गायिका समीक्षा अधिकारीप्रति अप्रत्यक्ष टिप्पणी गरिएको भन्दै उत्पन्न विवादपछि एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले स्पष्टीकरण दिएका छन्। चरित्र हत्या गर्ने उद्देश्य आफूसँग नभएको दाबी गर्दै उनले सामाजिक सञ्जालमा लेखिएको आफ्नो स्ट्याटस संशोधन गरेका जनाएका छन्। बस्नेतले शनिबार फेसबुकमा लेखेका छन्, आजको मेरो स्ट्याटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हो। कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्य थिएन। समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील हुँदै मैले स्ट्याटसमा केही संशोधन गरेको छु। यसअघि समीक्षा अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनप्रति आभार प्रकट गर्दै, बस्नेतले आफूलाई लक्षित गरी टिप्पणी गरेको गुनासो गरेकी थिइन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल