Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली कोरोनाको चपेटामा परेको समाचार आइरहेको छ । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
बुधबार दिउँसो २ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावस ५२ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएकोमामा ३४९ जनामा संक्रमण देखिएको जनाएको छ । जसमा १० जना नेपालीमा संक्रमण देखिएको जनाउँदै योसँगै कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको जनाएको छ । दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन समेत अपिल गरेको छ ।


सम्बन्धित समाचार