Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाँके दुर्घटनामा १२ को मृत्यु, २१ घाइते, ३ सिकिस्त

बाँके । भारतबाट फर्काइएका मजदुर बोकेको गाडी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक समेत गरि जनाको १२ को मृत्यु भएको छ । मृतकमध्ये ११ पुरूष र १ महिला छन् । भारतबाट फर्किएकाहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर पठाइने गरिएकाले मृतक सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल